नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ ।
दशैं वा बडा दशैं (अन्य नाम: दशहरा, विजया दशमी नवरात्र आयुध-पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ ।दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको छ ।
यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले शुभ साईतका लागि दोष नाश गर्ने अभिजित् मुहूर्त लिनुपर्नेहुन्छ । त्यसैले ११ः४६ बजेको साइत निस्किएको हो । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।
पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्