पहिलो श्रीमान् या श्रीमतीको निधनका कारण होस् या सम्बन्धमा आएको असमझदारी र तित्तताका कारण, दोश्रो बिहे गर्ने नेपाली कलाकारहरुको सूची वर्षेनी बढिरहेको छ । हाम्रो कला टिभीमा आज हामी त्यस्तै ८ नेपाली कलाकारको चर्चा गर्दैछाँै जसले दोश्रो बिहे गरे । अझ हाम्रो नेपाली समाजमा त पतिको निधनपछि एकल भएकी महिलाले दोश्रो बिहे गर्नुलाई कम चुनौतीपुर्ण मानिँदैन । तैपनि समाजसँग लड्ने हिम्मत राखेर बिहे गर्ने महिला कलाकार पनि यो सूचीमा अटाउँछन् ।
भर्खरैको खबरबाटै चर्चा सुरु गरौँ । मंसिर २२ गते सोमबारमात्रै दोश्रो बिहे गर्ने कलाकारको सूचीमा थपिएको नाम हो, स्वेता खड्का । विवाह गरेको एक महिनामै अभिनेता श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि एक्लिएकी उनले ६ वर्षपछि सोमबार धनगढीका विजयेन्द्र रावतसँग दोश्रो बिहे गरिन् । काठमाडौंस्थित गोकर्ण रिसोर्टमा सिमित परिवार, आफन्तजन र शुभचिन्तकलाई साक्षी राखेर गरिएको उनको बिहेका रमाइला झलक र विदाइमा रोएका तस्बिर र भिडियो अहिले पनि सामाजिक संजालमा भाइरल भइरहेका छन् । युट्युब ट्रेन्डिङमा छाइरहेका छन् ।
अरु को को कलाकारले दोस्रो बिहे गरे, हेर्नुस् भिडियो: