प्रखर वक्ताका रमेश प्रसाई र नन्दा सिंहले गरे बिहे, पुगे कृष्ण कँडेलसहितको इन्द्रेणी टिम

Spread the love

प्रखर वक्ताका रूपमा धेरै प्रशंसक कमाउन सफल रमेश प्रसाई बेला–बेला चर्चामा आइरहन्छन् । पछिल्लो समय उनले गाएको ‘रिंकेबुङको राँगो’ गीतको कभर भर्सन निकै रूचाइएको छ ।

गायकका रुपमा समेत सफलता पाइरहेका बेला रमेश चर्चामा आउने नयाँ खबर थपिएको छ । यतिबेला उनको नन्दा सिंहसँग बिहे बन्धनमा बाँधिएका छन् । ताप्लेजुङ निवासी रमेश कालीकोटकी नन्दा सिंहसँग विवाह बन्धनमा मंसिर २२ गते –आज) बिवाह बन्धनमा बाँधिएका छन् । उनीहरू दुवै दृष्टिविहिन हुन् ।

रमेश र नन्दा केही समयदेखि प्रेममा परेर बिहे गरेका हुन् । सशक्त र स्पष्ट बोल्ने क्षमताका कारण चर्चित रमेश दोहोरी गायनमा पनि उत्तिकै पोख्त छन् । उनले ‘पब्लिक स्पिकर’ का रुपमा पुरस्कारहरु समेत जितेका छन् । समाजसेवामा सक्रिय नन्दा भने काठमाडौंमा बालआश्रम चलाउँछिन् । ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाउने उनी अनाथ र असहाय बालबालिकाको हेरचाह र शिक्षाका लागि पहल गर्ने काम गर्छिन् । विवाह समारोहमा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलसहितको इन्द्रेणी टिम अहिले विवाहका लागि धरान पुगेको छ । रमेशसँगै जीवनले पनि एकै मण्डपमा बिहे गर्दैछन्।