डिजिटल ब्रोडका’स्टिङ कम्पनि ओएसआर डिजिटल प्रालीको प्रोडक्सनमा म्यु’जिक भिडियो ‘भन्दे’ रिलिज भएको छ । युट्युव च्यानल ओएसआर डिजिटल मार्फत बुधबार दिउँसो उक्त गीतको भिडियो प्रिमि’यर गरिएको हो ।
सार्वजनिक गीतमा चर्चित गायक प्रकाश ओझाले स्वर दिएका छन् । लामो सम’य नेपाली कला क्षेत्रबाट टाढा रहेका ओझा यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा पुनरागमन गर्दैछन् । ‘भल्का’इ दिन्छु बाख्राको खोर पनि’, ‘सोल्टिनी नानी’ जस्ता चर्चित गीतका गायक ओझा कमेडी फ्ले’भरको गाय’नमा चर्चित मानिन्छन् । उनि हाँस्य कलाकार पनि हुन् ।
सार्वजनिक गीत ‘भन्दे’ मा शब्द र संगीत पनि ओझाको नै छ । भिडियोमा अभिनेता मुकुन भुषाल, रविन्द्र झासँगै अभिने’त्रीहरु पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजाल फिचर्ड छन् । बसन्त निरौलाले भिडि’योलाई निर्देशन गरेका हुन् । छायांकन सुदिप बरालले गरेको भिडियोमा सम्पा’दन सुप्रिम पराजुलीको छ । यो भिडियोमा जोडिएको निरौला नेतृत्वको टिमले ओए’सआरसँगको सहकार्यमा विभिन्न चर्चित हाँस्य कला’कारहरुको साथमा एक वेभ सिरिज’समेत तयार गरिसकेको छ ।