भगवान भण्डारी र बिमल डाँगीको पहिलो सहकार्यमा धर्ती आकास

Spread the love

नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक बिमल डाँगीले आवाज दिएका धेरै गीतहरु यो बर्ष लगातार बजारमा आइरहेको छ। सोहि क्रममा कुमारी बुढा मगरको अत्यन्त मनछुने गीत “धर्ति आकाश” बोलको गीत गीत पनि भर्खरै बजारमा आएको छ । गीतमा लोकप्रिय लोकदोहोरी गायक तथा सर्जक बिमल डाँगी र कुमारी बुढा मगरको सुमधुर स्वर रहेको छ।

प्रेम शब्द सुन्दा आनन्दित छ तर यसलाई सार्थकतामा बदल्न समय लाग्छ यहि प्रेम जुन प्रेम अर्का बीच छुटिएर रहनु परेको वियोगान्त यो गीत भित्र जोडिएको छ। यसरी बाध्यता र बिवस्ताको बीच आफुहरु रहनु परेता पनि धर्ति आकाश झैं भएका छैनौ, हाम्रो माया अजर अमर रहनेछ भन्ने किसिमको भाव पनि यस गीतमा सुन्न सकिन्छ । गीतलाई लय बिमल डाँगीले तयार परेका हुन् भने शब्द भगवान भण्डारीको रहेको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा जय देबकोटा र कुमारी बुढा मगरको रहेको छ “धर्ति आकाश” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोलाई निर्देशन मदन खड्काले गरेका हुन् भने छायांकन बिरेन्द्र भाट र सम्पादन अभिनास डी.सी ले गरेका छन् ।गीतको भिडियोलाई बिमल डाँगी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
::