भिम उपाध्याय, (पूर्वसचिव नेपाल सरकार) सामाजिक संजालमा लेख्नु हुन्छ :
विश्वस्तरीय महान नेता पृथ्वीनारायण शाहप्रति सतत् सम्मान: नेपाल एकिकरणकर्ता राष्ट्रनिर्माताको सम्मानका लागि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा समेत मनाउदै गरिएकोमा गणतन्त्र आएपछि ईतिहॉसलाई नकार्ने गलत परम्परा राज्यबाट हुदै आएको छ। बिगतमा सरकारले पौष २७ गते मुलुक भरि जयन्ति र एकिकरण उत्सव मनाउन सार्वजनिक बिदा घोषणा गर्ने गर्थ्यो। हामी आज नेपाली रहन पाएका उनै राष्ट्रनिर्माता राजाको शौर्य र रणकुशलताका कारण र बलिदानले हो भन्ने यथार्थ कुनै नेपालले बिर्सन सक्दैन।
जब नेपाल एकिकरण लगभग पूरा हुदै गएको थियो, पृथ्वी नारायणलाई एकिकरणमा ठूलो बलिदानी साथ सहयोग दिदै आएका उनका भाइहरूले आफूहरूलाई पनि कुनै राज्य शासन गर्न दिनुपर्यो भन्ने दबाब दिन थालेका थिए। त्यो देखेर झसंङ्ग हुदै एकिकरणको एकमात्र पवित्र लक्ष राखेका पृथ्वीनारायणले आफ्नै भाइहरूलाई देश निकाला गरिदिएका थिए। एकिकृत नेपालभन्दा प्रिय उनका लागि अरू केही थिएन। उनी पनि मानिसनै थिए, केही कमजोरी भएकै हुन् ।तर, मुलुकको एकिकरणको तुलनामा ती चर्चायोग्य नै छैनन् । आज त्यसलाई सिंगो अक्षुण्ण नेपालको ईतिहासले पुष्टि गरेको छ। गोरखाभन्दा सयौं गुणा बढी शक्तिशाली राज्यहरू पनि बिलिन हुदै गए, तर पृथ्वीनाराणयको भीजनका कारण नेपाल अझै अस्तित्वमा छ।
ईतिहॉस निर्माता महान ब्यक्तिहरुको सम्झना तथा सम्मान गर्दामात्र हामीमा आत्मसम्मानको जगेर्ना हुन्छ, फुर्ती जाग्छ, गर्व लाग्न थाल्छ, बालबालिका र नयॉ पुस्तामा आफूप्रति आत्मसम्मन बढ्न थाल्छ।
सबै देशले आआफ्ना राष्ट्र् निर्माता वा राष्ट्रपिताको सम्मान गर्छन्, गौरव गर्छन् र उनको सम्झनामा उत्सव र समारोह गर्छन्। नेपाल यसमा पछि किन पर्ने? ससाना कुरामा पनि हामी उत्सव मनाउछौ, बिदा दिन्छौं, बिदा माग्छौं, बिदा पाउछौं भने मुलुकको अस्तित्व सिर्जना गर्नेप्रति नै झन् कृतघ्न कसरी हुन सक्छौं? हामी सन्ततिलाई पूर्खाको बारेमा कस्तो संस्कार दिन खोजिरहेका छौं? हामीलाई थाहा छ, ईतिहासका योगदानप्रति कृतघ्नहरूले मुलुक मास्नमा मात्र योगदान दिने गर्छन्।
हामी नेपाली हाम्रो प्यारो मुलुक नेपाल मास्न चाहन्नौं। हामी पनि राष्ट्रनिर्माताप्रति कृतज्ञ हुन चाहन्छौं।
महान राजा पृथ्बीनारायणका कारणले आज हामी आधुनिक बृहद नेपाल र नेपाली भन्न पाएका छौं। नभए कुन बिदेशी साम्राज्यको सामान्य अंग भईसक्ने थियौं। नेपालले विश्वमा चिनाउन सकिने ऐतिहासिक महामानव यिनै मात्र हुन्। यिनका याद र योगदानको हजारौं पुस्तासम्मले सदा यो पृथ्वी रहेसम्म स्मरण गरिरहनु पर्दछ।
महान राजा पृथ्वीनारायण शाहले विजययात्रा जारी राख्दै आफ्नो भन्ने कुरा केही लादेनन्। एकिकृत देशको नाम फेरेनन्, गोरखा राखेनन, गोरखालाई राजधानी बनाएनन्, नेवार कुमारीलाई हटाएनन्, सबै चाडपर्वलाई फुलको बगैचा मानेर राष्ट्रलाई फुलबारी बनाए, सम्वर्धन गरे र त्यसै गर्न अरू सबैलाई उपदेश दिए। प्रजाबात्सल्य राजाले जेजे जनताले भने वा रूचाए त्यही त्यही गर्दै गए। लोकतन्त्रको सच्चा प्रयोग गरे।
नेपाली नेता, शासक, प्रशासक, विज्ञ, विद्वानहरूले कमसेकम दैनिक एक पटक पृथ्वीनारायणलाई वा उनको उपदेशलाई सम्झने हो भने देश र जनताप्रति कुनै कुकर्म गर्ने कुरा सोच्नेसम्म पनि छैनन्। यी नेताहरू ठिक भए भने अरू बदमासलाई सजिलै तहलगाउन सकिन्छ।
नेपालको राजनीति सधैं सत्ता कब्जाको खेल रहदै आएको छ, बिकास र समृद्धि जनता ठग्ने नाराहरू मात्र भएका हुन्। रगत विषाक्त भए पछि शरीर सही ढंगमा चल्दैन। मुलुक पनि त्यस्तै भइसकेको छ। सत्ता कब्जाका लागि अधिकाँशको रगत विषाक्त बनाई सकिएको छ। विषाक्त शरीरले सही काम गर्न कसरी सक्छ र? यस्तो विष झार्न नै शताब्दी लाग्न सक्छ, त्यसबीच रोगी मर्न पनि सक्छ! पृथ्वीनारायलाई सम्झना गरेर अब पनि विष उतार्न लागिएन भने नेपाल र नेपालीको अस्तित्वको ईहलीला खलास् हुनेछ !
यसरी आजसम्म रजौटा सयकडौं राज्यहरू एकिकृत गरेर यस्तो बिशाल सिंगो एकिकृत नेपाल पाउदा पनि खुशी नहुने र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको महिमा बोल्न र कृतज्ञ हुन पनि हिच्किचाउनेहरू राजनीतिक मानसिक रोगी र कुसंस्कारित हुनैपर्छ। जो नेपाली पृथ्वीनारायण जस्ता विश्वस्तरीय महान रणनीतिकार, अंग्रेजलाई थुरूरी पार्ने नेताप्रति कृतज्ञ हुन सक्दैन, उनीहरू अरू कसैप्रति पनि कृतज्ञ हुन संभव छैन। त्यस्ताहरू कृतघ्नताको मानसिक डाह र अस्तित्वबिहिनताको सोचमा जलिरहेका हुनुपर्छ।
जे भयो भयो, अब भने पृथ्वीनारायण शाहको सम्मान गर्दै हामी नेपाली पुन: सम्मानीत हुन लाग्नुपर्छ। राज्यस्तरबाट यसलाई भब्य समारोह गर्ने परम्पराको पुनर्स्थापना गरिनुपर्छ। यत्रो ठूलो मुलुक पाएकाले नै हामी राजनीतिक खुरी खेल्न पाएका हौं।
कसको बिगार भयो वर्तमान नेपाल जोगिदा? के एकिकृत बर्तमान नेपाल सह्य हुदैन? जसलाई हुदैन ती जता हुन्छ त्यतै भागून्, जसलाई नेपालमा बस्नु छ ती जागून्। जसले बनाए तिनलाई नै धारे हात लाउने हो भने भोलि तिनलाई पनि आगामी सन्ततिले कोर्रा हिर्काउने छ। बिगतलाई जसले ईटा हान्छ, उसमाथि भबिष्यले ढुंगा बर्साउने छ, होस् गरौं।
नेपाल एकीकरणको ५ वर्षमै पृथ्वीनारायण शाहको देहान्त भएको थियो। तर उनलाई नश्लवादका पोषकका रुपमा प्रस्तुत गर्ने केही आलोचक वास्तवमा नश्लवादमै आधारित घृणाका आधारमा आज पनि उनलाई मुलुकलाई भावनात्मक रुपमा एकीकरण गर्न नसकेको आरोप लगाइरहेका छन्। अर्को, कपुचिन पादरीहरुलाई मुलुक निकाला गरेका र इस्लामिक तथा इसाई फौजलाई युद्ध मैदानमा पराजित गरी नेपाललाई नेपालीको मुलुक बनाएका हुन्। यस्ता साहसी ईतिहासका घटना नपचाउनेहरूले केही सोझासाझा नेपालीलाई पृथ्वीनारायण शाहको बिरूद्धमा ब्रेनवाश गर्दै आएका हुन्। तर अब जनता सचेत भइसकेका छन्। नेपालका कथित राजनीतिक क्रान्तिहरू नेपाल बलियो पार्न हैन कि बरू परदेशको पाउमा चढाउन गरिएका थिए भन्नेतिर शंकालू नजर लगाउन थालेका छन्।
पृथ्वीनारायण जस्ता महामानवका बिरूद्ध छाद्नेहरू जब तिनको शेषपछि ती सत्ताबाट हट्ने छन् वा परमधाम अर्थात हैन नरकधाम लागेका हुनेछन् तिनको समाजमा रत्ति नामोनिशान बच्ने छैन। त्यस्ताका सन्ततिले आफ्ना त्यस्ता अग्रज नै समाजको स्मरणबाट बिलाएको अवश्य देख्ने छन्। पछिका पुस्ताले सम्झना गरे नै भने पनि समाजले तिनलाई भिलेन अर्थात खलनायक ठानेर धिकार्ने छन्। पृथ्वीनारायण शाहको तुलनामा अहिले ती जति उफ्रेपनि उनका रौं बराबर हैनन्, छैनन्। उनको आलोचना गर्न तिनमा रत्ति ल्याकत छैन।
पृथ्वीनारायण भनेको ऐतिहासिक सगरमाथाको हिमालयको चुचुरो हो, सदा अटल र स्थिर ब्यक्तित्व जबसम्म नेपाल रहने छ !
उनका उरेन्ठेउला दुईपैसे बिरोधीहरू भनेका मकैका ठेट्ना हुन् ।
पृथ्वीनारायण शाह की बात मत करो, उनसे किसी का तुलना मत करो। वो बहुत बडा आदमी था और रहेगा जब तक नेपाली और नेपाल रहेगा!
त्यस्तै बेलायत बाट जानकी पन्त ज्यु लेख्नु हुन्छ :
“सालिक ढालेर इतिहास ढल्दैन” एकता भन्दा ठूलो र बलियो हतियार अरु केही हुनसक्तैन! जसले नेपाललाई माया गर्छ उसले आफ्नो देशको राष्ट्र निर्माता लाई कहिल्यै बिर्सन या अपमान गर्न सक्दैन। बिभाजीत नेपाललाई एकताबध्द गरी बिदेसी साम्राज्यबादी बाट नेपाललाई जोगाउदै आधुनीक नेपाल निर्माण गर्न सफल, राष्ट्र निर्माता ,राष्ट्रीय एकता सार्बभौमिकता र अखण्डताका प्रतिक पृथ्बीनारायण शाहको 299 औं जन्म जयन्तीको शुभअबसरमा पुर्व राजा पृथ्वी नारायण शाह प्रति हार्दीक श्रध्दा सुमन अर्पण गर्दछु!
थोपा थोपा मिली सागर बन्छ, इट्टा ईट्टा मिली घर! शब्द शब्द मिलेर उपन्यास बन्छ, बस्ति बस्ति मिली शहर! नेताहरु मिलेर दल बन्छ! दल हरू मिलेर सरकार! हिमाल, पहाड, तराई मिले बन्छ अखण्ड नेपाल!
हिमाल हाम्रो शान हो तराइ हो हाम्रो मान! आफ्नो धर्म संस्कृति लाइ गरौ सम्मान! बहु जाति, बहु धर्म सबै एक हो भनि ठान! अब धोका नखाउ साथी लिउ एउतै प्रण! देश बनाउने जिम्बेवारी हाम्रै हो भनि मान्!
बीरताले सजिएको इतिहास छ हाम्रो साथी! तराइ हाम्रो मुटु हो पहाड हाम्रो छाती! संसारकै अग्लो सगरमाथा छ हाम्रो शिर माथि! गुराँश फुल्ने अग्लो पहाड, धान झुल्ने तराइ! जोगाऊ यसलाई, मौलाउ देश लाइ, नसोचौ यसलाई पराई!
सय थुकी सागर बन्छ, एकले थुकी सुकी! नेपाल लाइ दुख्दा हुन्छ नेपालीको मन दुखि! नेपाल हाम्री आमा हुन, आमा लाइ रुन दिनु हुन्न! भाई फुटे गँवार लुटे केहिगरी हुन दिनु हुन्न!
जनता को दुख पिडा खै कसले यहाँ बुझ्छ! सरकार नै भ्रष्ट भए देश देश कसरि चल्छ? युवा नेतृत्व सँग जोश र दूरदर्शीता हुन्छ! बिबेकशील नेता हरु भए बल्ल देश बन्छ! बुझ्दैन कोहि किन यहाँ जनता लाइ के असर पर्छ! सबैमा समझदारी रहे बल्ल देश बन्छ। सबको विचार जन हितको भए देशको उन्नति हुन्छ!
अन्तमा, थोपा थोपा मिलेर सागर बनेझै, माटोमा ढुंगा अनि बादलमा पानी मिलेझैँ, शब्दमा शब्द अनि भावमा भाव मिलेझैँ, आऊ हामी पनि सबै मिलौ एकताको बलियो एउटै शुत्रमा!धर्तिको फराकिलो काखमा, आकाशको खुल्ला एउटै आचलमा, प्रकृतीको शुन्दर मनोहर बासमा, जन्म जन्मको मिठो कल्पनामा, उमंग हरुका तरंग हरुमा, संगम हरुका लहर हरुमा!
२९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको सबैमा हार्दिक शुभकामना ! राष्ट्र नायक श्री ५ प्रति सगौरभ सम्मान तथा नमन गर्दछू। विश्व भरी छरिएर बसेका हरेक नेपालीले उहाँको योगदानकाे सम्मान गरौँ। जय देश जय मातृभूमि नेपाल।
कालि प्रसाद रिजाल द्द्वारा गाईएको यो अमर रास्ट्रिय गीत को केहि अंश: रातो चन्द्र र सुर्य जंगी निशान हाम्रो! जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो! हिमाल झैँ अटल यो झुकेन यो कहिले लत्रेन यो कहिले जंगी निशान हाम्रो! यो जन्मदै जगतमा कैयौं प्रहार आए! साम्राज्य दुई हारे हारेन शान हाम्रो”