२०६६ साल बैशाख २२ गते कक्षा १२ को अर्थशास्त्रको परिक्षा दिन भनि घर बाट बिहान ६:३० बजे कलेज गएकी दमक साविक १३ हाल ८ नं. बस्ने कस्तुरी भण्डारी अहिले सम्म घर फर्किएकी छैनन् । उनले पढ्ने कलेज मा नभएर अर्को कलेजमा उनको परिक्षा केन्द्र परेको थियो ति दुइ कलेजको अस्वास्थ्य प्रतिस्पर्दा भएको कुरा उनि हराए पछि थाहा पाईयो । जसरी हुन्छ अरु कलेज बाट अाउने बिध्यर्थिहरुको गल्ती कम्जोरी देखाएर अाफ्नो कलेज नं. वान छ भन्ने सान देखाउने गलत उधेश्य लिएर गरीएको ब्यबहारको परिणामले अाज एक जनाको जिवन त बर्वात भयो नै एउटा परिवार नै तहसनहस बनायो । उक्त परिक्षामा त्यसै कलेजको प्रिन्सिपल केन्द्राध्यक्ष थियो उसको नियत जसरी पनि बाहिर बाट अाउने बिध्यार्थि लाई गलत , कम्जोर , अनुशासनहिन छन भन्ने कुरा हरु देखाउनु थियो । त्यसैको परिणाम कस्तुरीको परिक्षा केन्द्रको प्रिन्सिपल जो उक्त परिक्षाको केन्द्राध्यक्ष थियो त्यसै मानिस ले गलत नियतबस नगरेको चिटको अारोप लगाई परिक्षा हल मै साथि हरुको अगाडी गरेको गाली बेईजती र अभद्र ब्याबहार सहन नसकि अचानक घर छोडेकी कस्तुरी भण्डारी को अबस्था अहिले सम्म पनि अज्ञात नै छ । उनको खोजि कार्यमा कुनै कमी कम्जोरी भएको छैन । सुरुका दिनमा स्थानिय प्रहरी कार्यालयमा फोटा तथा हुलिया दिएर खोजिको लागी निबेदन दिने काम भयो भने बिभिन्न जिल्लाका जिल्ला प्रहरी कायालय , ससस्त्र प्रहरीका बिभिन्न गण हरुमा फोटा सहिलको हुलिया दिएर खोजिको लाइ सहयोग गरी दिन निबेदन पेश गरीयो । माईती नेपाल र अन्य बिभिन्न संघ सस्थाको सहयोग लिएर नेपाल भारत सिमामा चेक जाँच तथा छेक थुन गर्ने काममा सहयोगको लागी काकडभिट्टा , बिराटनगरको रानि तथा बिरगंज जस्ता ठाँउमा अपिल गरीयो । त्यस समयमा संचालित टि भि , रेडियो , एफ् एम तथा बिभिन्न पत्र पत्रिका , भित्ते पम्प्लेट को माध्यम बाट पनि खोजि कार्य भयो ।
मानिस नै साईकल , मोटराईकल तथा गाडी बाट यात्रा गरी बिभिन्न ठाउमा पुगेर खोज्ने काममा कुनै कसर बाँकी छोडीएन । त्यस पछिका दिनमा धामी , झाँक्री अाफु लाइ स्वघोषित माता हुँ बाबा हुँ ज्योतिष हुँ भुत भिबिस्य बर्तमान सबै देख्छु त्रिकालदर्शी हुँ भन्ने हरु सग पनि नेपाल तथा भारतका बिभिन्न ठाउमा गएर हेराउने र उनि हरुले भनेको कर्म गर्ने गराउने काम मा पनि कुनै कसर बाँकी राखिएन । यता दिन हरु बित्दै गए एक दिन एक हप्ता एक महिना एक बर्ष हुदै अहिले १२ बर्ष बिति सक्दा पनि कहि कतै कुनै अत्तो पत्ते छैन । मरेको भए कहि कतै कसैले लाश सम्म त देख्न सक्थ्यो होला तर अहिले सम्म त्यस्तो लाश पनि भेटिएको छैन । जिवित भए कहि कसैले त भेट्थ्यो वा देख्थ्यो होला तर त्यस्तो पनि भएको छैन । खोजिको क्रममा नेपाल मात्र नभएर भारत तथा दुबइ को बिभिन्न ठाउ सम्म पुगेर खोजि गर्ने काम भयो तर पनि कुनै दशी प्रमाण सम्म पाउन सकिएन ।अखिर एउटा मानिस कहा गायब हुन सक्छ त ? अहिले प्रचलनमा अाएको फेशबुकको माध्यम बाट पनि धेरै खोजि भयो बिस्वका प्राय देश बाट हेरेको कुरा प्रमाणित गर्ने कमेण्ट हरु पनि धेरै अाए तर मानिस यहा देखे त्यहा देखे भन्ने कोहि भेटिएको छैन । खोजि कार्य निरन्तर जारी छ कहि कतै कसैले देख्नु सुन्नु वा संका लागेको भए कुनै माध्यम बाट हामी सम्म पुर्याई दिए अाभारी हुने थियौ एउटा उझाडीएको परिवारमा पुन: बषन्त को पालुवा पलाए झै अनुभुती हुने थियो । म जिल्ला झापा दमक नं पालिका सविक १० हाल दमक ५ बाट कस्तुरी भण्डारीको बुबा मोहन प्रसाद भण्डारी यहा हरु संग हार्दिक अपिल गर्दछु । कहि कतै हजुर हरु जो कोहिले देख्नु वा सुन्नु भएको भए मेरो मोबाईल नं. ९८४२६८५३०३ मा जानकारी गराइ मानविय धर्म पुरा गर्नु हुनेछ भन्ने अाशा लिएको छु भन्दै बुबाले यस्तोसम्म भन्दा आमाको आँशुको भेल रोकिएन रुँदै फोटो हेर्दै यस्तोसम्म भनिन ।तलको भिडियोमा हेर्नुहोला |