बलिउड अभिनेत्री मलाइका अरोरा ४७ वर्षकी भइन् तर अहिलेसम्म उनले आफूलाई फिट राखेकी छिन् । बारम्बार हेडलाइनमा रहने मलाइका लामो समयदेखि इन्डस्ट्रीमा सक्रिय छिन् । यद्यपि मलाइका अरोरा पनि ती अभिनेत्रीमध्ये एक हुन् । जो आफ्नो फिल्मभन्दा पनि व्यक्तिगत जीवनमा हुने उथलपुथलका कारण चर्चामा रहन्छन् । ४७ वर्षको उमेरमा पनि मलाइकाले आफूलाई धेरै ध्यान दिन्छिन् ।
उनी फिटनेस फ्रिक महिला हुन्, खानादेखि लिएर व्यायामसम्म, उनी दिनभरि आफ्नो मेन्टेन गर्छिन्। परिस्थिति जस्तोसुकै होस्, उनी दिनहुँ जिम गएर पसिना बगाउन बिर्सिनन् । उनी प्रायः जिम बाहिर फोटो पत्रकारहरुबाट घेरिएकि हुन्छिन्। उनको जिम लुक्स पनि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मलाइका आजकाल धेरैको लागि आइडलको रुपमा पनि स्थापित भैरहेकी छिन् ।
मानिसहरूले मलाइकालाई सामाजिक सञ्जालमा फलो मात्र गर्दैनन्, व्यक्तिगत जीवनमा पनि उनले दिएको टिप्सको प्रयोग गर्छन् । मलाइकाले सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूलाई दिनहुँ टिप्स पनि दिइरहेकी छिन्, जसमा उनले मानिसहरुको माया पनि पाइरहेकि छिन् । तर हिजोआज अभिनेत्रीको जिमबाहिरको तस्विरले उनलाई मजाकको विषय बनाएको छ ।
वास्तवमा यी तस्विर र भिडियोमा मलाइका अनौठो ढंगमा हिँडिरहेको देखिएकी छिन् । सदाझैँ यसपटक पनि मलाइका आफ्नो कारमा जिम पुगेकी थिइन् । मलाइकाको कार देखेपछि त्यहाँ उपस्थित फोटोग्राफर पनि अलर्ट भए र अभिनेत्रीको जिम लुकमा फोटो खिच्न थाले । तर जब मलाइका जिम तर्फ हिड्न थालिन्, उनी निकै अनौठो तरिकाले हिँड्न थालिन् । उनको हिँडाइ अलि फरक देखिन्थ्यो । अब सञ्चारमाध्यमले यस्तो चाललाई क्यामेरामा कैद गर्नबाट आफूलाई कसरी रोक्न सक्छ ?
सो भिडियो सामाजिक सञ्जालमा आएसँगै त्यसले हंगामा मच्चाएको छ । अब यो हेरेपछि मलाइकाले खुट्टा तानेकी छिन् । मलाइकाको यो अनौठो चाल देखेर अहिले मानिसहरुले निकै हास्यास्पद कमेन्ट पनि गरिरहेका छन् । जसरी एक प्रयोगकर्ताले यो पोस्टमा कमेन्ट गर्दै लेखेका छन्,– अर्जुन कपुरले रातमा राम्रै ब्यायम गराए छन् । त्यस्तै अर्का युजर भन्छन्– ‘अरे, यसको चाल के भयो ? त्यसपछि अर्का प्रयोगकर्ताले लेख्दै भनेका छन्– ‘यो नोरा फतेहीको नक्कल गर्दैछ तर यसको चाल निकै फोहोर देखिन्छ । आफ्नो लुगा भित्र पस्यो। त्यसैले पनि यो अनौठो तरिकाले चलिरहेकि छिन् ।