काठमाडौ । श्रीमती हराएको करिब दुई महिना पछि गोबिन्द कुँवरले श्रीमती फेला पारेका छन् । आफु भन्दा धनी परिवारको छोरीसंग विवाह गरेका गोविन्द कुँवर ५ वषएको छोरा बोकेर मिडिया सामु खोजीका लागि पुगेका थिए ।
भिडियो समाचारको अन्त्यमा छ।
उनको श्रीमती सन्तोषी गुरुङ झण्डै दुई महिना पछि फेला परेकी हुन् । उनले आफु काठमाडौ बसेको बताएकी छन् । घरमा श्रीमानसंग मिल्न नसकेपछि आफै काम गरेर बस्ग्रहन भन्दै उनी घर छोडेर हिँडेको बताएकी छन् । अहिले काठमाडौमा काम खोजेर विद्यालयमा पढाउन थालेको बताएकी छन् । उनको श्रीमती चैत १ गतेवाट हराएकी थिइन् ।
गोबिन्द काममा गएको बेलामा सानो छोरालाई एक्लै छोडेर श्रीमती हिडेको बताएका थिए । उनीहरुबीच माइतीको कारणले कहिले काँही विवाद भइरहने पनि बताएका थिए । उनले अहिले सम्म त्यही छोराको मुख हेरेर बसेको भएपनि श्रीमानको ब्यवहार नफेरिएपछि आफु बाध्य भएर हिड्न परेको बताएकी छन् ।
बन्दीपुरका गोबिन्द पोखरामा कामको सिलसिलामा जाँदा सन्तोषीसंग भेट भएको थियो । उनीहरुले प्रेम विवाह गरेका थिए । उनले आफु अर्को विवाह गरेर नहिडेको बताएकी छन् । उनले एक पटक विवाह गरेर दुख पाइसकेपछि फेरी विवाहको बारेमा पनि नसोचेको बताएकी छन् । उनले जागिर नपाउँदा सम्म जव सेन्टरमा एप्लाई गरेपछि स्कूलमा जागिर पाएको बताएकी छन् ।
उनले लकडाउनमा बन्द भएका कारण अहिले एक जना शिक्षक महिलासंग बसेको बताएकी छन् । उनले यस अघि पनि समाज राखेर श्रीमानलाई सुधार्ने कोशिष गरेको भएपनि फेरी ब्यवहार परिवर्तन नभएका कारण आफु घर छोडेर हिड्नु परेको बताएकी छन् ।
भिडियो हेर्नुहोस् :
यो पनि पढ्नुहोस् : लोडसेडिङ हटाएका कुलमान घिसिङ्गले पहिलोपटक नेपालमा कोरोना बढ्नुको भित्रि कारण सहित बोले (लेख सहित)
केही हप्तादेखि नेपाल कोरोनाभाइरसको दोस्रो लहरबाट आक्रान्त छ । दोस्रो लहर भुसको आगो जस्तै समुदायस्तरमा फैलिइसकेपछि शुरूमा अस्पतालहरूमा बेडको अभाव र त्यसपछि अक्सिजनको अभावले कोरोना संक्रमितहरू सहित आम जनता प्रताडित भएका छन् ।
प्राणवायुको रूपमा रहेको अक्सिजनको जोहो गर्न नसक्दा कैयौंले दुखद् मृ’त्युवरण गर्नु परेको छ । काठमाडौं लगायत देशका विभिन्न अस्पताल कोरोनाका बिरामीहरूले खचाखच भरिएका छन् । अक्सिजन उद्योगहरूमा अक्जिसनका सिलिण्डर लिएर कोरोना संक्रमितहरूका आफन्तहरू भौंतारिंदै गरेको हृदयविदारक
दृश्य देखिन्छ ।
डाक्टर, नर्सलगायत स्वास्थ्य क्षेत्रका जनशक्तिहरू आफ्नो ज्यानको बाजी लगाएर युद्ध मैदानको अग्रपंक्तिमा रहेर रात दिन खटिरहेका छन् । वास्तवमा नेपालको आजको वास्तविक हिरोहरू स्वास्थ्यकर्मी साथीहरू नै हुन् । उहाँहरूको जति नै तारिफ गरे पनि पुग्दैन । सामाजिक अभियन्ताहरू त्यतिकै लागेका छन् । कसैले अक्सिजन त कसैले खानाको जोहो गरी आ–आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । महामारीको यो कहालीलाग्दो अवस्थामा मानवसेवामा आफ्नो ज्यानको बाजी राखी निरन्तर लागिरहनुभएका सबैलाई नमन ।
साथै कोरोना संक्रमणका कारण ज्यान गुमाउनुहुने सबैलाई श्रद्धाञ्जलि, परिवारजनमा गहिरो समवेदना र संक्रमित भई उपचाररत महानुभावहरू सबैमा शीघ्र स्वास्थ्य लाभको कामना । चीनको बुहानबाट शुरू भएको भनिएको भाइरसले विश्वका करीब ३५ लाख मानिसको ज्यान लिइसकेको छ ।
छिमेकी देशबाट शुरू भएको भाइरस विश्वभरि फैलिंदै आज दोस्रो वेभको रूपमा छिमेकी भारत लगायत धेरै देश नराम्ररी प्रभावित भएका छन् । विभिन्न देशले कोरोनालाई काबुमा राख्न आ–आफ्नै खालका विशिष्ट क्षमता प्रदर्शन गरे ।
चीनले लकडाउनको साथसाथै टेस्टिङ, कन्ट्याक्ट ट्रेसिङ द्रुत गतिमा अगाडि बढायो । हरेक निर्णयको कार्यान्वयन समयमा र प्रभावकारी रूपमा भयो । व्यवस्थापकीय रूपले अध्ययन गर्दा कोभिड व्यवस्थापनसँग लोडसेडिङ व्यवस्थापनका केही मिल्दाजुल्दा पक्ष छन् ।
चीनले २३ जनवरी २०२० मा बुहान लकडाउन नगरेको भए २४ जनवरीदेखि नयाँ वर्षको फेस्टिवल मनाउन देशभरि मान्छेको आवतजावत हुन्थ्यो र देशैभरि नै फैलन सक्ने जोखिम थियो । समयमा लिइएको निर्णय र त्यसको प्रभावकारी कार्यान्वयनको कारण भाइरस फैलन पाएन र विस्तारै काबुमा ल्याउन चीन सफल भयो । दश दिनमा हजार बेडको अस्पताल तयार गर्ने काम भयो । हरेक काम भाइरस संंक्रमणको गतिभन्दा बढी वेगमा अगाडि बढाउँदै लगे ।
दक्षिण कोरियाले टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङलार्ई अत्यन्तै प्रभावकारी रूपमा सञ्चालन गर्यो । लकडाउन भन्दा पनि टेस्टिङ र संक्रमितलाई क्वारेन्टाइन र आइसोलेसनमा राखी उपचार गर्ने कार्यमा राज्यको सम्पूर्ण शक्ति परिचालित गरियोे । यी दुवै देशले विदेशबाट देशभित्र भित्रिने गतिविधिलाई अत्यन्तै सूक्ष्म रूपले नियन्त्रण र व्यवस्थापन गर्न सफल भए ।
नियन्त्रणमा आइसकेपछि पनि निरन्तर अनुगमन तथा नियन्त्रणका विधि अत्यन्त प्रभावकारी रूपमा सञ्चालन गरिनै रहे । आफ्ना नागरिकलाई भ्याक्सिन दिने कार्यलाई देशव्यापी रूपमा अगाडि बढाए ।
कहाँ चुक्यौं हामी ?
भारत र नेपालले कोरोनाको पहिलो वेभपछि कोरोना नियन्त्रणमा आइसकेको र कोरोनालाई काबुमा ल्याइसकेको सन्देश देशभित्र र देश बाहिर दिन थाले । पहिलो वेभबाट खासै क्षति व्यहोर्नु नपरेको हुनाले नेपाल लगायत छिमेकी देशहरूले कोरोना जितेको सन्देश दिन थाले । यससँगै सुरक्षाका मापदण्ड राजनीतिक दलका नेता र सरकारी निकायका पदाधिकारीहरूबाटै उल्लंघन गर्न थालेपछि आम जनताबाट पनि लापरबाही हुन थाल्यो ।
अन्तर्राष्ट्रिय संघसंस्थाले दोस्रो वेभको चेतावनी दिंदादिंदै पनि बेवास्ता गरियो र परिणामस्वरूप आजको कहालीलाग्दो अवस्था भोग्न हामी बाध्य भयौं । पहिलो वेभपछि नेपालले दोस्रो वेभको व्यवस्थापन गर्न प्रशस्त समय पाएकै थियो । तर हाम्रा प्रयासहरू त्यतातिर केन्द्रित रहेनन् । अझ ठूला–ठूला सभा–सम्मेलन गर्नमै व्यस्त रह्यौं । बिहेभोज जस्ता सामाजिक तथा सांस्कृतिक कार्यहरूमा मानिसको जमघटलाई खुल्ला गरियो ।
दोस्रो वेभ भारतमा एकैचोटि विस्फोटक रूपमा फैलन थालेपछि नेपालमा पनि विस्तारै त्यसको असर देखिन थाल्यो । एकैचोटि आएको सुनामीलाई धान्ने स्वास्थ्य संरचना हामीसँग तयार थिएनन् । फलस्वरूप हाम्रा हस्पिटलका बेड भरिन थाले र अक्सिजन अभाव खट्किन थाल्योे । जब अक्सिजन नपाएर कोरोनाका बिरामी मर्न थाले तब मात्र स्वास्थ्य मन्त्रालयको होश खुल्यो कि अक्सिजनको पनि अभाव रहेछ । शुरूमा बेडको लागि मान्छे भौंतारिन्थे त्यसपछि अक्सिजनको लागि भौंतारिन थाले ।
अक्सिजन भएमा अस्पतालको भुईंमा बसेर पनि उपचार गर्न खुशी मान्न थाले आम जनता । यी सबैको कारण हामीसँग भएको स्वास्थ्य संरचनाले धान्न नसक्नु नै थियो । हामीसँग भएको सीमित स्रोत र साधनले पनि यो संकट व्यवस्थापन गर्न हामी सक्थ्यौं, यदि हामीले दोस्रो वेभलाई एकैचोटि आउन नदिएको भए ।
अक्सिजन उद्योगहरूलाई यस्तो अवस्था आउन सक्छ, तपाईंहरूले आफ्नो तयारी राख्नुहोला मात्र भनेको भए पचासौं हजार सिलिन्डर अक्सिजन तयारी अवस्थामा रहन्थे र यसले गर्दा अक्सिजन व्यवस्थापनमा केही सहज हुनेथियो । जब एकैचोटि सबै चीजको अभाव हुन थाल्यो संकट गहिरिंदै गयो ।
अहिलेको संकट र लोडसेडिङ
यो संकटलाई केही हदसम्म लोडसेडिङसँग दाँज्न सकिन्छ । लोडसेडिङ हुने वेलामा जति लोडसेडिङ बढ्दै जान्थ्यो, त्यसले झन् थप लोडसेडिङको घण्टा बढाउँदै जान्थ्यो । लोडसेडिङ गर्नु नै लोडसेडिङ बढ्नुको प्रमुख कारण थियो । लोडसेडिङ बढ्दै गएपछि हरेक घर–घरले इन्भर्टर र ब्याट्री खरीद गर्थे र सिस्टममा थप लोड थप्दै जान्थ्योे । नेपालभरि करीब ४०० देखि ५०० एम.भी.ए. बराबरको इन्भर्टर लोड मात्रै थियो । ब्याट्री चार्ज र डिस्चार्ज हुने बेलामा करीब २० देखि ३० प्रतिशत विद्युत् खेर जान्थ्योे ।
त्योे खेर जाने विद्युत्ले केही थप घरमा विद्युत् दिन सकिन्थ्यो । एकातर्फ विद्युत् आपूर्ति भएको समय सबैले एकैचोटि आफ्नो यन्त्र उपकरणहरू चलाउँथे भने अर्कोतर्फ इन्भर्टर ब्याट्री पनि चार्ज गर्थे । यसले गर्दा विद्युत् आपूर्ति गरेको क्षेत्रको ट्रान्सफर्मर तथा कण्डक्टरहरू ओभरलोड भई थप लोड काट्नुपर्ने अवस्था आउँथ्यो । यो अवस्थाबाट मुक्ति पाउन दुइटा काम गर्न जरूरी थियो । पहिलो सिस्टममा भएको इन्भर्टर ब्याट्री सिस्टमबाट बाहिर निकाल्नु थियो।
यसको लागि विद्युत् आपूर्ति निरन्तर रूपले चौबीसै घण्टा उपलब्ध गराउनुपथ्र्यो
तर देशैभरि एकैचोटि यो सम्भव थिएन । त्यसैले हामीले पहिलो चरणमा काठमाडौंबाट शुरू गर्यौं । काठमाडौंमा निरन्तर विद्युत् आपूर्ति गर्यौं, जसले गर्दा काठमाडौं उपत्यकाको इन्भर्टर ब्याट्री चार्ज गर्ने लोड हट्यो । त्यस्तै देशका विभिन्न ठाउँमा पालैपालो लोडसेडिङ अन्त्य गर्दै गयौं ।
दोस्रो महत्वपूर्ण कुरा ग्राहक वर्गमा लोडसेडिङ हुँदैन भन्ने विश्वास दिलाउनुथियो, जसले गर्दा पिक समयमा चलाउने विद्युतीय उपकरणहरू अन्य समयमा चलाउन प्रोत्साहित गथ्र्यो । हामीले विभिन्न जनचेतनाको माध्यमबाट बेलुकाको पिक समयमा आउने लोडलाई अन्यत्र समयमा सारी पिक लोडलाई घटाउन सफल भयौं ।
बेलुकाको पिक समयको विद्युत् आपूर्ति व्यवस्थापन भएपछि अन्य समयको लोड व्यवस्थापन गर्न सहज हुँदै गयो । त्यसपछि उद्योगको विद्युत् आपूर्तिको व्यवस्थापन लगायत उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारको वैज्ञानिक व्यवस्थापन र चुहावट नियन्त्रण गर्दै पूरै देशको लोडसेडिङ व्यवस्थापन गरिएको थियो ।
कोभिड नियन्त्रण र लोडसेडिङ व्यवस्थापन
हुन त म सरुवा रोग विशेषज्ञ होइन तर व्यवस्थापकीय रूपले अध्ययन गर्दा कोभिड व्यवस्थापनसँग लोडसेडिङ व्यवस्थापनमा केही मिल्दाजुल्दा पक्ष छन् । कोभिड भाइरस रोकेर रोक्न सक्ने अवस्थामा थिएन । तर यसको संक्रमणको दरलाई कसरी कम गर्ने भन्ने नै महत्वपूर्ण विषय थियो । छिमेकी देश भारतसँगको खुल्ला सिमानाको व्यवस्थापन, आन्तरिक व्यवस्थापन र कोरोना संक्रमण पश्चात् संक्रमितको व्यवस्थापन आदि कुरा अत्यन्त महत्वपूर्ण थिए । यी सबै कुरामा हामी चुक्यौं । त्यसैले संक्रमण हाम्रा स्वास्थ्य संरचनाले धान्नै नसक्ने गरी एकैचोटि बढ्यो ।
नेपाल भारत बीच बढी आवतजावत हुने धनगढी, नेपालगञ्ज, वीरगञ्ज, भैरहवा लगायतका शहरमा आज जुन संकट छ, खुल्ला सीमाको समयमा व्यवस्थापन नभएको कारणले नै हो । बिरामीका आफन्त हतास मनस्थितिमा पुगे र सकेसम्म आफू कसरी सुरक्षित हुने भनेर लाग्दा हस्पिटलको बेड र अक्सिजन सिलिण्डर अपुग हुन थाल्यो । लोडसेडिङको बेलामा पनि भएको यस्तै हो । यस्तो बेलामा सरकारी संयन्त्रले प्रभावकारी रूपमा काम गरी छिटोभन्दा छिटो जनतालाई विश्वासमा ल्याउने काम गर्नुपथ्र्यो।
अक्सिजन र बेड अभावले झन् विकराल रूप लियो । बेड पाउन बिरामी इमर्जेन्सी र हस्पिटल बाहिर पाल टाँगेर बस्नुपर्ने अवस्था आयो । अक्सिजन मात्र पाए पनि बिरामी खुशी हुने अवस्था छ । हरेक दिन अक्सिजन नपाएर यति जना बिरामीको मृत्यु भयो भन्ने खबर हेडलाइन बनेर आउँछ । अक्सिजन फ्याक्ट्रीका कर्मचारीहरू ग्याँस सिलिण्डर भर्न चौबीसै घण्टा खट्दा पनि भ्याई–नभ्याई छ । अक्सिजन सिलिण्डर भर्ने कामदारहरू कोरोना संक्रमित भएर पनि काम गरिरहेका छन् ।