धार्मिक मान्यता : शनिवार यी काम नगर्नु शनिदोश लाग्छ ,अनिष्ट हुन्छ !

Spread the love

शनिबार शनि देवको उपासना गर्ने दिनका रुपमा बुझिन्छ । यस दिन शनिदेवको आराधना गरे उनको कृपा प्राप्त भई नकारात्मक प्रभावबाट बच्न सकिने धार्मीक मान्यता छ ।शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने देवताका रुपमा चिनिन्छन् । नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने विश्वास गरिन्छ । तर केही उपाय गरेमा शनिका प्रकोपबाट बच्न सकिने धार्मीक मान्यता छ । यस अलावा शनिवार यस्ता केही छन् जो गर्न नहुने विश्वास छ । ती कामहरु गर्दा शनि ग्रह कमजोर हुन्छ भन्ने धार्मीक मान्यता छ ।शनिबार के के नगर्ने त ?१. फलामलाई शनिको धातु मानिन्छ । त्यसैले शनिबार घरमा फलाम ल्याउन नहुने धार्मीक विश्वास छ ।

तर यस दिन फलामबाट बनेका सामानहरु दान गर्नु अत्यन्त शुभ मानिन्छ ।२. धार्मीक विश्वास अनुसार शनिबार मासको कालो दाल खरिद गर्नु हुदैँन । बरु शनिबार यो दालबाट बनेको खिचडी दान गरे शुभ हुने मान्यता र विश्वास छ ।३. शनिबार घरमा सरस्युको तेल ल्याउन नहुने धार्मीक विश्वास छ । यस दिन यो तेल दान गर्दा भने हुने मान्यता छ । शनि देवलाई प्रशन्न बनाउन शनिदेवलाई यो तेलले अभिषेक गरे शनिको विशेष कृपा प्राप्त हुने धार्मीक विश्वास छ ।४. धार्मीक मान्यता अनुसार शनिबार जुत्ता चप्पल पनि किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।५. यस्तै शनिदेव न्यायका देवता भएकाले शनिवार उनको विशेष पूजा आरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्न नुहने धार्मीक विश्वास छ ।

यसैगरी सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ खराब सपना देखेर व्युँझियो भने फेरि सुतेपछी उत्त सपनाको असर समाप्त हुन्छ अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ।

बिष्णु नारायणं कृष्णं: माधवं मधुसुदनमं हरि नरहरि राम गोविन्द दधिवामनमं : भगवान बिष्णुको निम्न आठ नामहरु बिहानको नित्यकर्म सकेर पुर्वतर्फ फर्केर भक्तिपूर्वक स्मरण गरे खराब सपनाको प्रभाव नष्ट हुन्छ।अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां : हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम निम्न मन्त्रको जप दश पटक गर्ने शास्त्रोत्त विधान बताइएको छ।ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै स्वाहा खराब सपनाको अशुभ फल नाश गर्न विहानै उठेर स्नान आदि गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नु उपयोगी हुन्छ।

यसैगरी हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ । उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ ।तपाईले दैनिक गर्ने केही कार्यहरुले लक्ष्मी माता प्रसन्न हुने र जीवनमा प्रशस्त धनलाभ गर्ने अवसर मिल्ने गर्छ।

आज हामी तपाईहरुलाई लक्ष्मीको कृपा मिल्ने र धनलाभ हुने ५ संकेतहरु बताऊन जाँदै छौँ।यदि तपाईले सपनामा पानी, हरियाली र लक्ष्मीको वहन उल्लु देख्नुभएमा भाग्य बदलिने र प्रशस्त धन कमाउने संकेत रहने गर्छ यदि तपाईको घर वा कार्यालयमा अकस्मात उल्लु आयो भने सम्झिनुस निकट भविष्यमानै धन प्राप्त गर्ने अवसर मिल्नेछविशेषगरी शुक्रबारको दिन लक्ष्मी पूजा गर्ने भएकाले यस दिन तपाईलाई कोही महिलालले सिक्का पैसा दिएमा निकै शुभ हुने र प्रशस्त धन कमाउने अवसर मिल्ने गर्छ।

तपाईले राती सुतेको बेला सपनामा सेतो र पहेंलो सर्प देख्नुभयो भने छिट्टै धनि बन्ने योग छ भन्ने बुझ्नुहोस्। यसकासाथै यसले तपाईको स्वास्थ्यमा समेत ठूलो सुधार आउने संकेत गर्छ हरेक व्यक्तिहरु सर्प देख्ने बितिकै डराउने गर्छन। तर सर्प र धनसँगको अत्यन्तै नजिक हुन्छ। त्यसैले घरमा सर्प आयो र तपाईलाई बेर्यो भने निकै संकेत रहने गर्छ। यस्तो अवस्थामा तपाई छिटै धनि बन्न सक्ने र घर वरिपरि केहि खजाना हुनसक्छ।