चितवनमा गरिबिका कारण गरिन् चेपाङले झुण्डिएर आत्महत्या

Spread the love

चितवन : चितवनमा चरम गरिबिका कारणका एक महिलाले झुण्डिएर आत्महत्यन गरेकी छिन् । चितवनको कालिका नगरपालिका १० छेरेबाङ नजिकै सुन्दराङकि ३८ बर्षिया बिष्णु माया चेपाङले गरिवीका कारण गए राती रुखमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

उनका ३ छोरी र ३ छोराको रहेका छन् । श्रीमान भने मजदुरीका लागि जिल्ला बाहिर गएका थिए । जेठी छोरी करुणा चेपाङ गामबेशिको चेपाङ संरक्षण केन्द्रमा आश्रय लिइ कक्षा ५ मा अध्ययन गरि रहेकी छन् । आफ्नो उब्जनीको अन्नले एक महिना पनि खान नपुग्ने उक्त परिवारमा चरम गरिबी भएपछी आत्महत्या गरेको छेरबाङगाउँका दलबहादुर चेपाङले जानकारी दिए ।