सिद्धार्थ शुक्लाको निधनपछि एक्लै गुज्रीरहेकी अभिनेत्री शहनाजले घटाइन १२ किलो तौल

Spread the love

सिद्धार्थ शुक्लाको निधन पछि एकदमै खराब समय बाट गुज्रीरहेकी अभिनेत्री सहनाज गिल यतिबेला बिस्तारै कामा फर्किएकी छिन् । शहनाज टेलिभिजनको एकदमै बिबादीत रियालिटी शो बिग बोस १३ को हिस्सा बने पछि चर्चामा आएकी थिईन् । त्यसपछि उनी दर्शकको दिल तथा दिमागमा राज गर्न सफल भएकी हुन् । अहिले सबैको घर घरको चर्चाकी पात्र बन्न सफल भएकी छिन् ।

सिद्धार्थ शुक्ला संगको मजबुत रिलेशनका कारण उनले लाखौ दर्शकको मन जितेकी थिईन् । सिद्धार्थको निधन पछि शहनाज एकदमै शुन्य जस्ती भएकी थिईन् । तर पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा उनको सक्रियता बढेर गएको छ । पञ्जाबकी कट्रीना कैफको उपाधी पाएकी सहनाज बिग बोसमा रहदा वजन एकदमै बढेको थियो । उनी शो को दौरानमा मोटी देखिने गरेकी थिईन् । तर पछिल्लो समय लकडाउनका कारण घरमै बसेकी उनले आफ्नो १२ किलो वजन घटाउन सफल भएकी छिन् ।

उनको यो बडी ट्रान्सफर्मेशन दर्शकमाझ एकदमै लोकप्रिय समेत भएको थियो । उनले ६ महिनामा १२ किलो वजन घटाएकी हुन् । लकडाउनको बेला सबै क्षेत्र ठप्प थियो । यसैबेला शहनाजले सोच बनाईन् कि अब आफ्नो तौल कम गर्छु । उसो त उनलाई बिगबोसमा तौलको बिषयलाई लिएर मज्जाक उडाउने पनि गरिएको थियो । उनले तौल कम गर्न ईच्छाशक्ति भए एकदमै सामान्य कुरा रहेको बताएकी छिन् । उनले आफ्नो खाना पिनामा एकदमै बदलाव ल्याईन् । नन भेजेटेरियन, आईसक्रिम तथा चक्लेट खान पुर्ण रुपमा बन्द गरिन् ।

उनले भनिन्– मैले खाना बिल्कुलै भेराइटी राखिन् । मैले लन्चमा दाल तथा मुंग खाए । यहि मैले रातमा खाए । यसैको साथमा मैले आफ्नो भोजनको मात्र कम गराए । मलाई ज्यादा भोक लाग्यो भने रोटी खान्थे । त्यसपछि बिस्तारै मलाई फरक देखिन थाल्यो । म ६७ किलोको थिए तर अहिले म ५५ किलोको छु । शहनाजले ६ महिनामा १२ किलो वजन कम गरेकी थिईन् । त्यो पनि बिना एक्सरसाईज ।