जनता समाजवादीका १४ जना साधारण सदस्यसमेत नरहने गरी निष्कासित

Spread the love

काठमाडौं, १५ फागुन-जनता समाजवादी पार्टीले १४ जना नेता-कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासन गरेको हो । केही दिन पहिले जसपा त्यागेका १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपाले जनाएको छ ।

निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन् ।प्रदेशमा मन्त्रालय फुटाउँदा राज्यलाई अनावश्यक व्ययभार