खबरमुकाम । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले पार्टीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्न सघाएको भन्दै नेकपा माओवादी केन्द्र छाडेका छन् ।
माओवादी परित्याग गरी उनी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेले आइतबार आयोजना गरेको सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षणमा सहभागी भएर उनले पार्टी प्रवेश गरेका हुन् ।
‘आजबाट नेकपा माओवादी केन्द्रले पनि राष्ट्रघाती एमसीसी सम्झौता पारितमा विभिन्न बहानामा सहयोग गरेकाले आजैबाट माओवादी केन्द्रको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधिनता रक्षाको लडाइँमा आफ्नो अमूल्य जीवन समर्पित गर्ने संकल्प गर्दछु,’ महराले भने ।
उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली र सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहितले पार्टीमा स्वागत गरेका थिए।