ऋणले नै मानिसलाई दिन लगाएको छ । भन्न त भनिन्छ ऋण लागोस् दिन नलागोस् । तर ऋण कै कारण भने दिन लागिरहेको हुन्छ । ऋण लिन जति सजिलो हुन्छ त्यसलाई तिर्न त्यति नै गार्हो हुन्छ। मान्यताका अनुसार ऋण लिने र दिने पनि शुभ समय हुन्छ। अशुभ समयमा लिएको वा दिएको ऋण चुक्ता गर्न निकै गार्हो पर्ने गर्छ। यस्तोमा यदि तपाईंलाई पनि लिएको ऋण तिर्न निकै कठिनाई भइरहेको छ भने यी उपाय अवस्य अपनाउनुहोला।
हनुमान जीको पूजा वास्तवमा ऋण कहिले पनि नलिनुहोस्, तर यदि यो धेरै आवश्यक परेको छ भने बुधवार ऋण लिन सबै भन्दा राम्रो दिन मानिन्छ। बुधवार लिएको ऋण तपाईंको टाउको बोज बन्दैन। जबकि ऋण तिर्न मंगलबार सबै भन्दा राम्रो दिन हो। यस दिन, हनुमानजीको पूजा आराधना गर्दा सबै ऋणको भारबाट तपाईं मुक्त हुनुहुनेछ।
मुसुरोको दाल दान गर्नुहोस्ऋणबाट छुटकारा पाउन हरेक दिन रातो दाल दान गर्नुहोस्। यसले बिस्तारै ऋण कम गर्न सक्छ। यस बाहेक, मंगलवार हनुमान मन्दिरमा नारिवल दान गर्नुहोस्। साथै मुख्य ढोकाको दुबै छेउ र पछाडि हरियो रंगको गणपति राख्नुहोस् र वास्तु अनुसार उत्तरपूर्वी कोणलाई स्वच्छ र सफा राख्नुहोस्। मुंगको दालको उपाय:ऋणबाट छुटकारा पाउन बुधवार दिउँसो मुंग दालमा घीउ मिसाएर दाल तयार पार्नुहोस्। यो दाल गाईलाई खुवाउनुहोस्, प्रत्येक बुधवार नियमित रूपमा यी उपायहरू गर्नुहोस्। यो उपाय गरेर तपाईं चाँडै ऋणबाट छुटकारा पाउनुहुनेछ।
हनुमान चालिसा:यदि तपाईं ऋणबाट चिन्तित हुनुहुन्छ भने हनुमान जीको पाउमा मंगलबार र शनिबार तेल(सिन्दूर चढाउनुहोस् र निधारमा सिन्दूर लगाउनुहोस्। साथै हनुमान चालीसा पाठ गर्नुहोस्। शिव जीलाई उखुको जुस:यदि ऋण चुक्ता गरेपछि पनि फेरी फेरी ऋण लाग्छ भने शिवजीलाई उखुको रस अर्पण गर्नुहुन्छ र ओम नमः शिवाय वा महामृत्युञ्जय मंत्र १०८ दिनसम्म १०८ पटक जप गर्नुहुन्छ। यसो गर्नाले बिस्तारै ऋणबाट छुटकारा पाउन सक्नुहुन्छ।
यसैगरी आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् ।
तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ ।उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी पुग्ने गरेका छन् ।नबोल्ने बालबालिकाका लागि बोली दिने प्राचीन जनविश्वासका आधारमा बालबच्चा लिएर भाकल एवं सामान्य पूजाका लागि दर्शनार्थी आउने गरेको स्थानीयवासी विष्णु खनालले बताउनुभयो ।
मन्दिरको स्थापना कहिले भयो भन्ने यकीन तथ्य अझै फेला नपरेको बताउँदै उहाँले आफूहरूले बाल्यकालमा उक्त स्थानमा सामान्य मौलो एवं शिला मात्रै देखेको अनुभव सुनाउनुभयो ।उहाँका अनुसार पछिल्लो समयमा महिला जागरण आमा समूहले लाटी बाराहीको मन्दिर निर्माण गर्दै यस स्थानलाई व्यवस्थित बनाउने प्रयास गरेको छ ।खरखरे पहरोका बेंसीमा रहेको मन्दिर परिसरमा मौलो गाडिएको स्थानमा बेलाबेलामा लहरी छुट्नु यहाँको विशिष्टता हो । आमा समूहको सक्रियतामा १५ वर्ष अघि मन्दिर निर्माण गरिएको आमा समूहकी सदस्य शारदा खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रत्येक वर्षको बडादशैँ र वैशाख पूर्णिमामा मन्दिरमा विशेष पूजाआजा गर्ने गरिएको छ । नबोल्ने बालबालिकालाई बोल्ने शक्ति प्रदान गर्ने विश्वासका कारण प्राचीन कालदेखि नै लाटी बाराहीको गरिमा र महत्व बढेको स्थानीय समाजसेवी विश्वनाथ खनाल बताउनुहुन्छ ।“बोली फुट्न नसकेका बालबालिकाको बोली आउने जनविश्वाससँगै ठाउँ ठाउँबाट बालबच्चा लिएर आउने गरेको यस तीर्थस्थलको खासै प्रचार भने हुन सकेको छैन”, उहाँले भन्नुभयो । यस्ता तीर्थस्थलको प्रचारप्रसार सँगै समग्र भावरलगायत क्याङ्दी फाँटको समृद्धि र विकासका सम्भावनालाई पनि उजागर गर्न सकिने उहाँको तर्क छ ।
मोटरेवल पुलको अभावमा लाटी बाराही तीर्थस्थलसहित यहाँको उब्जाउयोग्य भावर, वैद्यपानी, अरौँदीलगायत समग्र क्याङ्दी फाँट विकासमा पछि परेको नेपाली काँग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि चूडामणि खनालले बताउनुभयो ।पाँच वर्षयता क्याङ्दी फाँटलाई जोड्ने गरी शुक्लागण्डकी नगरपालिका–७ र भिमाद नगरपालिका–८ भावर जोड्ने पक्की पुल निर्माण गर्न लागिए पनि काम कछुवाको गतिमा भइरहेको उहाँले बताउनुभयो ।खनालका अनुसार फराकिला समथर फाँटका कारण व्यावसायिक कृषिको प्रचूर सम्भावना भएर पनि पुलकै अभावमा यहाँका हरेक सम्भावना खेर गइरहेका छन् ।
लाटी बाराही मन्दिरको महत्वका साथै प्राचीनकालमा वैद्यले यहीँको पानीलाई औषधिका रुपमा लिने गरेको र विभिन्न स्वास्थ्य समस्या पनि यहाँको
पानी पिएपछि सञ्चो हुने जनविश्वासका कारण ठाउँको नाम वैद्यपानी भएको स्थानीयवासी बताउँछन् ।माछापालनसहित तरकारी तथा फलफूलखेतीका धेरै सम्भावना रहेर पनि पुलको अभावमा यहाँका कृषिजन्य उत्पादनले सहजरुपमा बजार पाउन नसकेको उनीहरूको गुनासो छ ।
शुरुमा यस क्षेत्रमा बस्ती विकास नहुँदा अरौँदी नामका जोगीले भट्टी सञ्चालन गरेका र उनैका नामबाट यो ठाउँलाई अरौँदीभट्टीका रुपमा लिने गरिएको पाइन्छ ।निर्माणाधीन पुल सम्पन्न गर्दै यस क्षेत्रमा बजारीकरण, कृषिको व्यवसायीकरणका साथै पर्यटकीय रुपमा महत्वपूर्ण यहाँका सिद्ध गुफा, लाटी बराही जस्ता स्थलको प्रवद्र्धन र विकास गर्नु आवश्यक रहेको ढोरफिर्दीका युवा प्रकाश भट्टराईले बताउनुभयो । यो पनि :-
भगवान शिव प्रिय महाशिवरात्रि भोलि शिव पूजाको महापर्व अर्थात् महाशिवरात्रि । पञ्चांगका अनुसार यो दिन फाल्गुन कृष्ण पक्षको चतुर्दशीमा पर्छ ।जुन यसपटक फागुन १७ गते मार्च १ तारिखका दिन परेको छ । यस दिन भगवान शिवको पूजा गरिन्छ । भोलेनाथको आजको दिन साँचो मनले पूजा गर्नाले भक्तजनको सबै दुःख हटेर मनोकांक्षा पूरा हुने जनविश्वास छ । यस दिन भगवान शिव परिवारको पूजा आराधना गर्ने धार्मिक विश्वास छ । यस दिन भोलेनाथलाई चन्दन, अक्षत, बेलपत्र, धतुरा र आकृतिको फूल चढाउनुपर्छ।
भगवान शिवलाई पूजाको समयमा गर्नाको लगी पूजा गर्न प्रसन्न भयो। तर होईन मात्रै यस दिन घिउ, चिनी र गाई पिठोबाट बनेर प्रसाद चढाउने गरिन्छ । साथी धूप र दीपबाट आरती गार्नुपर्चा। भगवान शिवलाई गायक्को काञ्चो दूध पेर्ने सार्वजनिक ट्रस्टले प्रदान गरेको छ। येई सबाई काम गुरनाले, भगवान शिवको आशीर्वाद प्राप्त भयो। भोलेनाथको पूजामा केही चिजारु समावेश गरनु हुदैँ। अनुहोस पात लागौनुहोस ।
महाशिवरात्रिमा यी कुरामा ध्यान दिनुहोस् यस दिन भोलेनाथलाई केही कुरा भुलेर पनि चढाउनु हुँदैन भन्ने धार्मिक विश्वास छ । यसो गर्दा पूजाको फल मिल्नुको सट्टा घाटा बेहोर्नु पर्ने हुन्छ। यी कुराहरु बारे जान्नुहोस्। शंख:महाशिवरात्रिको दिन भगवान शिवको पूजामा शंखको शंख समावेश गर्न नभुल्ने शास्त्रमा उल्लेख छ । किनभने शंखचुर राक्षसलाई भगवान शिवले मारेका थिए । त्यसैले यसलाई तिनीहरूको पूजामा समावेश गर्न निषेध गरिएको छ।कुमकुम वा रोली:कुमकुम र रोलीलाई भुलेर पनि भगवान शिवमा यसको विश्वसनीयता लागू नगर्नुहोस्।
तुलसीका पातहरू:भोलेनाथलाई तुलसीको पात पनि चढाउनु हुँदैन भन्ने मान्यता छ । पौराणिक कथा अनुसार जालन्धरकी पत्नी वृन्दा तुलसीको बोट बनेकी थिइन् । र भगवान शिवले जलन्धरको वध गरे। यसै कारण वृन्दाले शिव पूजामा तुलसीको पात प्रयोग नगर्न आग्रह गरेकी थिइन् ।नरिवलको पानी:भगवान शिवलाई नरिवलको पानीले अभिषेक गर्न नभुल्नुहोला ।फूल;भगवान शिवका भक्तहरूलाई पूजा गर्दा केतकी र केवडाको फूल प्रयोग गर्न निषेध गरिएको छ। कनेर र कमलको फूलबाहेक रातो रङ्गका फूल पनि प्रिय छैनन् ।बेसार:साथै भगवान शिवलाई बेसार चढाउन नभुल्नुहोला ।
यसैगरी मन्दीरका मूर्तीहरु चोरी हुन थालेपछि रम्भादेवी मन्दीरमा मूर्तीलाई लुकाएर मूर्ती संरक्षण गरिँदै आएको छ। मन्दिरका पुजारीहरुले पुजापाठ सकेर दिनहुँ मूर्ती डोकोमा बोकेर लैजाने गर्दछन्। मन्दिर नजिककैको ताहुँ बजारमा एक व्यक्तिको घरमा राखिन्छ। अर्को दिन बिहानै बोकेर मन्दिरमा पु-याई पुजापाठ गरि पूनः लैेजाने गर्दछन्। रम्भा गाउँपालिका–५, ताहुँ पाल्पामा रहेको रम्भादेवी मन्दिरमा विगत ४० बर्षदेखी यस्तै हुँदै आएको छ। २०३२ सालमा सुनको जलप लगाएको रम्भादेविको मूर्ती मन्दिरबाटै चोरी भएपछि सुरक्षाको लागी पुजारीहरुले डोकोमा बोकेर मूर्ति ल्याउने लैजाने गर्दै आएका हुन्। मन्दिरका दुई जना पुजारी मध्ये एक जनाले मूर्ती र शीला बोकेर मन्दीरमा आउँछन्। अर्का पुजारीले अक्षता घर घरमा उठाउँदै मन्दिर पुग्ने गर्दछन्।
बस्तिदेखी टाढाको घना जंगलको बीचमा रम्भापानीको मन्दिर रहेकोले रातीमा मूर्ती र शीला चोरी हुने डरले पुजारीले सँधै ताहुँ बजारको घरमा ल्याउने र लैजाने गर्दै आएका हुन्। पुजारीले दिनहुँ घरमा लैजाने गरेको मूर्ती पीतलको र शिला भने स्वयं उत्पत्ति भएको मानिने भएकोले सुरक्षाको लागी घरमा लैजाने र घरबाटै ल्याउने गरेको पुजारीहरु बताउँछन्। पुजारी टिकाराम बस्यालले आफुहरुले पालैपालो प्रत्येक दिन मूर्ती सुरक्षाका लागि ताहुँ बजारमा एक व्यक्तिको घरमा लैजाने गरेको बताए। उनी भन्छन्, मूर्तीहरु चोरिने डरले ४० वर्ष अगाडीदेखी यस्तै गरिएको छ। मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु सकिएपछि दिउँसो १ बजेपछि पुजाआजा गरि डोकोमा बोकेर लैजाने गरेका छौं।’
मन्दिरका अर्का पुजारी प्रेमनारायण पाण्डे भन्छन्, के गर्ने रातैभरी चौकीदार राखेर एक्लो जंगलमा कोही पनि बस्न मान्दैन अरु उपायभन्दा घर लैजाने र ल्याउने नै सबैभन्दा राम्रो विकल्प देखेर यस्तो गरिँदै आएको छ। पश्चिम क्षेत्रमा यस मन्दिलाई निकै महत्वपूर्ण तिर्थस्थलको रुपमा लिने गरीएको छ। भगवान् सिताराम १२ बर्षे वनबासको क्रममा यहाँको जंगलमा आइपुग्दा निकै रमणीय वातावरणमा रमाए पनि पानी नपाएर सिता छट्पटाएपछि रामले वाण जमिनमा हानेपछि पानी निकालेर खुवाएको कींवदन्ति रहेको छ। रम्भापानी मन्दिरको ठिक माथि पानीको मूल निस्किएको छ र सोही पानी
रानाटोलमा होमस्टे सञ्चालन गर्न लागिएको बताइन्। उनी भन्छिन्, ‘गाउँपालिकाको मुख्य पर्यटकीय स्थल हो। यसका लागि अन्य निकायले पनि ध्यान दिनु आवश्यक छ।’
भगवान राम, सीता र लक्ष्मण वनबास निस्कादा राम्दी जान भनि हिँडें। रातपरेपछि बाटोमा बास बस्नुपर्ने भयो। वनबास हिँडेका भगवान ताहुँमा बास बस्नुपर्यो। सो समय सीतालाई तिर्खा लागेपछि पानीका लागि रामसँग आग्रह गर्दा रामले आफूसँग रहेको धनुबाणले हानेर जमिनमुनिको पानी निकाली सीताको तिर्खा मेटाएपछि रम्भामा अहिलेपनि निरन्तर पानीको मूल प्रवाह भइरहेको छ। यहाँ रम्भादेवीको मूर्ती स्थापना गरिएको छ। मन्दिरमा त्रिशूल, नाग र गाईका मूर्ति, एउटा मन्दिर र एउटा प्रतिक्षालय छ। बाह्रै महिना शीतल हुने यस रम्भादेवी मन्दिर क्षेत्रमा पर्यटकीय क्षेत्रका रुपमा विकास गरी प्रशस्त आम्दानी लिन सकिने स्थानीयवासी बताउँछन्।
मन्दिर नजिकैको पानीको मुहानबाट ताँहुका करिब दुईसय घरपरिवारले पानी प्रयोग गर्दै आएका छन्। कृष्ण भगवान् जन्मेको दिनको सम्झनामा बर्सेनी भाद्र कृष्णअष्टमीका दिन विशेष मेला लाग्दै आएको छ। मन्दिर पूजा–आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वासले रोट, फलफूल र पञ्चबलि समेत चढाउने चलन छ। सोही समयमा स्थानीयवासीले नाचगान, शृङ्गारका सामान, कपडा, स्थानीय खानाका परिकार, घरेलु उत्पादनसमेत बेच्न राख्ने र यस क्षेत्रका बासिन्दाले मन्दिरमा पूजा गर्ने सामान किनबेच गर्दै आएका छन्।
मन्दिरमा छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वत, रुपन्देही, नवलपरासीका साथै भारतका तिर्थालुहरु समेत आउने गरेका छन्। मन्दिर श्रावणको १ देखी १५, एकादशी र त्रयोदशिका दिनमा बन्द हुने गरेको छ। मन्दीरमा तत्कालीन कमाण्डर ईन चिफ रुद« शमशेरले १९९९ मा गहना र घण्टा चढाएको किम्बदन्ती छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वले धनी रम्भादेवी मन्दिर जिल्ला सदरमुकाम तानसेनदेखि करिब ३१ किलोमिटर पूर्वको रम्भापानीको जङ्गलभित्र रहेको छ ।