नेपालसहित १४१ राष्ट्रले गर्यो रुसी आक्रमणविरुद्ध युक्रेनको पक्षमा मतदान

Spread the love

काठमाडौं १९ फागुन । युक्रेनमाथि रुसले गर्दै आएको आक्रमणविरुद्धको प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ ।

संयुक्त राष्ट्रसंघको विशेष महासभामा रुसी आक्रमणविरुद्ध नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो । उक्त विशेष समारोहमा नेपालसहित १४१ देशले युक्रेनको पक्षमा मतदान गरेका छन् ।

नेपालका तर्फबाट राष्ट्रसंघका स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपालले जुनसुकै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका थिए ।

१९३ राष्ट्र उक्त राष्ट्रसंघको महासभामा सहभागी भएका थिए । जसमा चीन, भारत, पाकिस्तान, दक्षिण अफ्रिकासहित ३५ देश तटस्थ बसे ।

प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया र इरिट्रियाले मतदान गरेका थिए ।