काठमाडौं:
उमेर नपुगेकी किशोरीमाथि कर णीको अभियोगमा नायक पल शाह न्यायिक हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीमा छुट्टाछुट्टै मुद्दा दर्ता भएको छ। तनहुँमा प्रहरी अनुसन्धान जारी छ। शाहको मुद्दामा जनमत विभाजित छ। समर्थकको केही समूह पलको पक्षमा तनहुँ प्रहरी परिसरमा अनुसन्धानमै असर पर्नेगरी नाराबाजी र हुलहुज्जत गर्नमा लागिपरेको छ।
कसुर गरे सजायँ र नगरे सफाइको कानुनी व्ययवस्था हुँदाहुँदै समर्थकहरु भने शाह नियन्त्रणमा परेदेखि तनहुँ पुगेका छन्। समर्थकलाई पछ्याएका छन् युट्युब पत्रकारिता गर्नेहरुले। पत्रकारिता भनेर उनीहरुले जनमत विभाजित पार्ने, अनुसन्धान प्रभावित पार्ने खालले सामग्री उत्पादन गरिरहेका छन् । एकपक्ष रुपमा पलका समर्थकको आ’क्रोश र पीडित पक्षको दोहोलो का’ड्ने गरी प्रसारित भइरहेका सामग्रीले न्याय सम्पादनको प्रक्रिया पूरा नहुँदै समाजले स्वघोषित फैसला सुनाउने अवस्था सिर्जना भएको छ।
युट्युबर र सामाजिक अभियन्ताका नाममा उनको बचाउमा अभियान नै छेडिएको छ। उनलाई पछ्याउँदै काठमाडौंको अनामनगरमा ‘पल शाहलाई न्याय दे’ अभियान नै चल्यो। उनीहरूले ‘पल शाहलाई रिहा गर’, ‘दुर्गेश थापा मुर्दावाद’ जस्ता नारा लगाएका थिए। एकातिर अभियुक्तको पक्षमा अभियान र अर्कोतिर पीडितलाई कमजोर पार्न खोजेको आ’क्रो’शले समाज विभाजित भइरहँदा अनुसन्धान पक्ष प्रभावित हुन्छ कि चिन्ता पनि छ।
पीडित नाबालिग गायिकाले राज्यबाट संरक्षण पाउनुपर्नेमा उल्टो पटकपटक समस्या झेल्दै आएकी छन्।
उनले कास्की प्रहरीमा एक महिनाअघि नै उजुरी दिन जाँदा प्रहरीले उजुरी लिएन। अहिले पल शाह पक्राउ परिसक्दा पनि प्रहरी कार्यालयको ढोकैमा पीडितविरूद्ध भइरहेका नाराबाजी प्रहरीले मौन भएर सुनेर बसेको छ। सामाजिक सञ्जालमा पीडितलाई थप लाञ्छित गर्ने अभिव्यक्तिहरूमाथि पनि प्रहरीले कुनै कारबाही गरेको छैन।
ती नाबालिग गायिकाले पल शाहद्वारा आफूमाथि कर णी भएको भन्दै करिब एक महिनाअघि नै गृहजिल्ला कास्की प्रहरीमा उजुरी दिएकी थिइन्। तर घटना भएको अन्तिम स्थान तनहुँ भएको भन्दै कास्की प्रहरीले उजुरी लिन मानेन। तनहुँमै उजुरी गर्न जानू भन्ने सल्लाह दिएर उनलाई फर्काइयो।
‘कास्की प्रहरीले एक महिनाअघि उजुरी पर्नासाथ कारबाही अघि बढाएको भए पल शाह उतिबेलै पक्राउ पर्थे। पीडितमाथि थप मा’नसि’क आ’घा’त थपिने थिएन।’
कास्की प्रहरीको निस्क्रियताको फाइदा उठाउँदै पल शाहले यो एक महिनाबीच विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘१७ वर्षकी नाबालिगसँग यौ’ ‘न स’म्प’र्क भएको’ र ‘गर्भवती नभएकाले विवाहका लागि स्वीकार गर्न आवश्यक नभएको’ सम्म भन्न भ्याए।
पल शाहको यो तर्कलाई पछिल्लो समय उनका समर्थकहरूले पनि बोकेर हिँडेका छन्। उनको पक्षमा नारा लगाउने र सामाजिक सञ्जालमा लेख्नेहरूले यस्तै भनाइ अघि सारेका छन्।
तर नेपालको कानुनले यस्तो तर्क मान्दैन। शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा पीडितमाथि नै लाञ्छना लगाउने र आरोपितको पक्षमा पैरवी गर्ने प्रतिस्पर्धा नै चलेको छ। नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग ‘
सहमति लिएरै’ पनि यौ’ ‘न स’म्प’र्क गरेमा ब’ला’त्का’र ठहरिन्छ। तर, प्रचलित कानुन, प्रहरी अनुसन्धान र अदालतलाई समेत प्रभावित गर्न तथा पीडितलाई ‘आ’तंकि’त’ बनाउन अहिले सिने कलाकारहरू नै लागेका छन्।
पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्। युट्युबका धेरै सामग्रीमा पीडितको नाम, फोटो र भिडियो प्रयोग गरिएको छ। प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको च’रि’त्र ह’ ‘त्या गर्ने प्रवृत्ति हाबी भएको छ, यसरी पीडितको नाम लिएर च’रि’त्रह’ ‘त्या गर्ने प्रयास गर्नेलाई एक वर्ष कैद, ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट कानुनी व्यवस्था छ।
आरोपितको पक्षमा माहोल बनाउन प्रयासरत केही कलाकारको प्रतिनिधित्व गर्दै अभिनेत्री पूजा शर्मा बुधबार दमौली पुगेकी छन्। पलविरुद्ध किटानी जाहेरी परेदेखि नै ‘सफाइ दिन’ उनी सक्रिय छिन्। बालिकाको लुगा न’च्या’ति’एका’ले ब’ला’त्का’र भन्न नमिल्ने उनको सार्वजनिक दाबी छ। ‘खोइ, ती बालिकाको लुगा च्या’ति’एको त देखिएन, पलको स्वभाव पनि त्यस्तो होइन। त्यसलाई कसरी ज’ब’र्ज’स्ती भन्ने?’ युट्युबमा भाइरल एउटा भिडियोमा शर्माले भनेकी छन्। उनले आफूले लामो समयदेखि सहकार्य गरेकाले पलले त्यस्तो अपराध गर्नै नसक्ने दाबी पनि गर्दै आएकी छन्।
उनै शर्मा बुधबार दिउँसो तनहुँ प्रहरी कार्यालय पुगेपछि युट्युबर र टिकटकरको भीड थप बढेको छ । यस्ता भिडियोले पीडित बालिकालाई मात्र होइन, सभ्य समाज र कानुनी राज्यलाई पनि चुनौती प्रस्तुत गरिरहेका छन्।
अभिनेत्री पूजा शर्मा तामझामसहित नाबालिका ब’ला’त्का’रका आरोपित पल शाहलाई भेट्न जिल्ला प्रहरी कार्यालय तनहुँ जाँदा उनलाई हेर्ने र समर्थनमा नाराबाजी गर्नेको भीड था’मिनसक्नु थियो ।
भीडभन्दा अलि पर पीडित किशोरीका बुवा चुपचाप बसेका थिए, छेउमा आमाको मौनता उस्तै थियो । यता आरोपितकै पक्षमा त्यो नाराबाजी उता गाउँमा गाउँलेको छिःछिः र दुरदुर !
अनलाइन खबरमा छापिएको एउटा लेखमा भनिएको छ ‘यस्ती छोरी जन्माउनुभन्दा बरु बाँझै बस्नु बेस !’ पीडित बालिकाकी आमा छरछिमेकीको परिवर्तित व्यवहारबारे अधिवक्ता राधिका खतिवडालाई सुनाउँदा भक्कानिन्छिन् । बल्ल-बल्ल साहस जुटाएर न्यायको ल’डाइँमा सरिक उनको बुवा आरोपितकै रजगज देखेर अवाक् छन् ।
अलि अघिसम्म प्रतिभावान छोरीले गाउँको इज्जत राखिन् भन्नेहरूले फेरेको बोली र व्यवहारले दुखाएको जरूर छ तर हराइसकेको छैन । हार्न नमिल्ने ल’डाइँमा लागेकाले हुनुपर्छ, यी दम्पतीको भरोसा राज्यसँग छ, यो बेलासम्म राज्य उनीहरूकै साथमा छ ।
पिडित गायिका आफूलाई एकदमै गाह्रो भएपछि ‘अब मैले यो कुरा मेरो परिवारलाई भन्नुपर्छ’ भनेर काठमाडौंबाट पोखरा गइन् । शुरुमा आमालाई सबै कुरा भनिन् । ‘अब मैले उसँगै विवाह गर्नुबाहेक केही विकल्प छैन, तर उसले अन्तिममा मलाई धोका दियो’ भन्दै आमासँग रोइन् ।
गाउँमा खेती किसानी गरेर दैनिक गुजारा चलाइरहेकी आमाले पनि ‘त्यसो हो भने तैंले उसैसँग बिहे गर्नुपर्छ’ भनिन् । पीडित र पीडितको परिवारको इच्छा भनेको उनीहरुबीच प्रेम छ र शा”री’रि’क स’म्बन्ध समेत भइसकेको हो भने विवाह होस् भन्ने नै थियो । तर, केटाले
विवाहको प्रस्ताव अस्वीकार गरेपछि उनी झन् त’ना’वमा परिन् । परिवारमा पनि छोरीको अवस्थालाई लिएर त’नाव थपियो ।
।
केटाले यो अडियो मेरो होइन, यसलाई दुर्गेश, सरोज लगायतका केटाहरुले एडिट गरेर बनाए भनेका छन्, तर त्यो अडियोबारे उनको परिवारसँग बुझ्दा त्यसदिन पीडितको परिवार पनि छलफलमा बस्नुभएको रहेछ । परिवारलगायत केटाका तर्फबाट आएका दुर्गेश थापा, सरोज वलीलगायतका व्यक्तिहरु बस्नुभएको थियो, उहाँहरु सबैले मोबाइलमा अडियो रेकर्डिङ गरौँ, किनकि दुई वर्षपछि यो आवाज फेरिन सक्छ भनेर त्यो अडियो रेकर्ड गरिएको रहेछ ।
शुरुमा पीडितका आमाबुवालाई किशोरीको अडियो मिडियामा सार्वजनिक नभएको भए पीडकले विवाह गर्ने पो थियो कि भन्ने सुरुमा लागेको रहेछ । पछि त्यो भ्रम तोडियो र जाहेरी दर्खास्त दिने स्थितिसम्म उनीहरु पुगे ।
छोटो समयमै हजरौको मनमा बसेकी गायिकाका राति सुतेपछि मनमा हजारथरी कुरा खेल्छन्, रातभरि निद्रा पर्दैन, सामाजिक सञ्जाल खोल्दा उनलाई झनै गार्हो पर्ने रहेछ । आफु संग बस्ने साथीलाई घरीघरी सुनाउंदै भन्ने गर्छिन, ‘अब म बाँच्न सक्दिन कि जस्तो लाग्छ ।’ उनको न्यायका निमित्त वकालतमा अगाडी सरेकी अधिवक्ता राधिकाको मोबाइलमा म्यासेज आउँछ,’अब म’र्छु होला दिदी !’ यहि बिषयलाइ लिएर राधिकाले निकै सम्झाएको पनि उनले एउटा च्यानललाइ दिएको अन्तर्वार्तामा बताएकी छन् ।
उजुरीपछि पल शाहलाई लुकाएर राख्ने व्यक्तिलाई पनि ३ वर्ष जेल जाने उनको भनाइ छ। कानुन सबैको लागि बराबर भएको र पिडितले न्याय अवश्य पाउने उनि बताउछिन ।
शाह पक्राउ परेपछि दिउँसो तनहुँ प्रहरी कार्यालय पुगेपछि युट्युबर र टिकटकरको भीड थप बढेको छ । यस्ता भिडियोले पीडित बालिकालाई मात्र होइन, सभ्य समाज र कानुनी राज्यलाई पनि चुनौती प्रस्तुत गरिरहेका छन्। पूजाजस्तै कलाकारका अन्तर्वार्ता लिएर तथा पीडित बालिकाका व्यक्तिगत विषयमा अतिरञ्जित कथाले युट्युब भरिएको छ।
पल पक्राउपछि सामाजिक सञ्जाल र युट्युबमा देखापरेका सामग्रीमाथि निगरानी राखेको प्रहरीले बताएको छ। ‘केही भिडियोले पीडितको गो’पनीय’ताको हक उल्लंघन गरेको र केहीले समाजमा अफवाह र भ्रम फैलाइरहेको देखिएपछि अनुसन्धान गर्न हामीले साइबर ब्युरोलाई सूचना पठाएका छौं,’ उनले भने, ‘केही युट्युबर भ्रमपूर्ण सूचना फैलाउन सक्रिय देखिन्छन्।