काठमाडौ । सरकारले आज चैत १ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर यसवारे जानकारी गराएको हो । तर अब फेरी लाइसेन्सका लागि नयाँ आवेदन कहिले खुल्छ भन्ने टुंगो छैन । सूचनामा फेरी अर्को सूचना नआए सम्मका लागि बन्द गरिएको उल्लेख छ ।
लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले तत्कालका लागि बन्द गर्नुपरेको सूचनामा जनाइएको छ । अहिले निवेदन दिएकाहरुले पनि तत्काल लाइसेन्स नपाउने अवस्था छ । अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय दिइने भएको छ । अहिले आवेदन दिएकाहरुले पनि दुई वर्ष अघि लाइसेन्स नपाउने भएका हुन् । अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ।
कोभिड महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेको चाप बढेको हो। ‘अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।