काठमाडौ :
एक नाबालिगलाई कर णी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोमवार तनहुँ जिल्ला प्रहरी कार्यालयले २१ दिन लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो । प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलको कार्यालयले मंगलवार दिउँसो अदालतमा मुद्धा दर्ता गरेको हो ।
प्रहरीको अनुसन्धानमा नाबालिका १६ वर्षभन्दा मुनि देखिएकाले शाहलाई १२ देखि १४ वर्ष कैद सजाय र कानुन बमोजिम मनासिब क्षतिपूर्तिको माग दाबीसहित अदालतमा मुद्धा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । यो घटनामा मतियारको भूमिका खेलेको भन्दै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि आधा सजायको माग दाबी गरिएको जानकारी प्राप्त छ ।
शाहविरुद्ध यसअघि सरकारी वकिलको कार्यालयले नवलपरासीको अदालतमा कर णीको मुद्धा दर्ता गरिसकेको छ । नाबालिग गायिकाले गत फागुन ११ गते तनहुँ प्रहरी कार्यालय र फागुन १५ गते नवलपरासी प्रहरी कार्यालयमा पल शाहविरु’द्ध कर णीको आरोपमा जोहरी दिएकी थिइन् । ती नाबालिगले तनहुँमा जाहेरी दिएको चार दिनपछि शाहले आ’त्मसमर्पण गरेका थिए ।
तनहुँमा अनुसन्धान भइरहेको समयमा पललाई नवलपरासीको गैँडाकोट प्रहरी कार्यालय पनि लगिएको थियो । त्यहाँ उनीमाथि प्रहरीले एक हप्तासम्म अनुसन्धान गरेको थियो । तनहुँ जिल्ला अदालतले पहिलो पटक ७ दिन, दोस्रो पटक १२ दिन र तेस्रो पटक ५ दिन म्याद थप गरी तनहुँ प्रहरीलाई शाहमाथि अनुसन्धान गर्न अनुमति दिएको थियो । अब अदालतमा थुनछेक बहस हुनेछ ।