एमाले किन आफ्ना विचार बोकेका र बुद्धिमान नेता घनश्याम भुसालविरुद्ध हात धोएर लागेको ? ओलीको टिप्पणी गरेको भन्दै गर्यो कारवाहीको निर्णय

Spread the love
एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल कारबाहीमा पर्ने भएका छन् । उनलाई पार्टी हित बिरुद्ध बोलेको र अनुशासनहिन भएको भन्दै कारबाही गर्ने भएको हो ।

एमाले अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाही गर्ने सिफारिस अनुमोदन गरेको छ ।

मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरे संगै उनलाई कारबाही गर्ने बाटो खुलेको हो।

भुसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।

१८ जेठमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भुसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेका थिए । आयोगको पूर्ण बैठकले भने भुसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको छ ।