काठमाडौं :
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा ल्याउन प्रयास गर्ने बताएका छन् । शुक्रबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दे उनले यस्तो बताएका हुन् ।
उनले भने मेयरमा निर्वाचित भइसकेपछि एउटै पार्टीमा बसेर काम गर्ने विषयमा कुराकानी नभए पनि बालेन साहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरुको साथ हामीलाई मात्र होइन अन्य दललाई पनि आवश्यक छ । तर हामीले उहाहरुलाई हाम्रो पार्टीमा ल्याउन प्रयास गर्छौं ।
यस्तै बालेन र हर्कहरूलाई असफल हुने सुविधा नभएको भन्दै उनीहरुलाई काम गर्न दिनुपर्ने उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरुलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरु २४ घण्टा तयार हुने बताए ।