राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गर्नुभएको छ । सुन्धारामा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले रथयात्राको शुभारम्भ गर्नुभएको हो ।
सुभारम्भको क्रममा राष्ट्रपति भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ गर्नुभएको थियो । परम्पराअनुसार रथ सुभारम्भ गर्नुअघि सफाइ गर्नुपर्ने भएकोले राष्ट्रपति भण्डारी आफैले झाडु लिई सफाइ गर्नुभएको हो ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ ९स्कोन नेपाल०ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभयो । स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताउनुभयो ।
पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै नेपालीलाई एकीकृृत गर्नु रथयात्राको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।
सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धाराबाट सुरु भएको रथयात्रा सहरका बिभिन्न भाग परिक्रमा गरी आज साँझ वसन्तपुरमा पुगेर सांस्कृतिक कार्यक्रमसहित समापन हुने आयोजकले बताएका छन ।
छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कानुनी समस्या हुँदैन: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानुनी समस्या नहुने बताउनुभएको छ ।आज शुक्रवार काठमाण्डौमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।
सरकारको १५ औँ पञ्चवर्षीय योजनामा विषय आइसकेको भन्दै अहिले कायम संरचना र अभ्यासबाट आउँदा दिनमा देशका लागि आवश्यक पर्ने कानुनी जनशक्ति विकास गर्न पर्याप्त नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘देशमा कानुन विषयको अध्ययन, अध्यापन र अनुसन्धानलाई अझै उन्नत, बनाउन कानुन विश्वविद्यालयको अवधारणामा पनि पर्याप्त छलफल र बहस सुरु हुने अपेक्षा लिएकी छु । नेपाल सरकारको १५ औँ पञ्चवर्षी योजनामा यो विषय आइसकेको हुँदा छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्नका लागि कुनै कठिन कानुनी समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।
’राष्ट्रपति भण्डारीले देशलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्नसक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरूको विकास गर्दै कानुनी शिक्षालाई युग सापेक्ष बनाउँदै लैजानुपर्ने बताउनुभयो । कानुनी शिक्षा नै कानुनी शासन स्थापनको आधार भएको उहाँले बताउनुभयो ।