२७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी गरेका छन् ।
सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रियामा ओलीले एकछिन सत्तामा पुग्नु नै सबथोक गर्ने पक्षमा आफूहरु नभएको बताए । आफूहरुले पनि गठबन्धन बनाएर, सरकार चलाएर हेरेको भन्दै उनले भने, ‘साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतार गर्दैनौं ।’
उनले गठबन्धनलाई विहेको संज्ञा दिँदै हरेक विहे डिभोर्समा टुंगिने टिप्पणी गरे । गठबन्धन सरकार घृणाको पात्र बनेको भन्दै ओलीले सत्तामात्र सबथोक नभएको बताए ।