काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ठूलो सफलता हात पारेका छन् । धरानका जनतालाई सुद्ध पानी खुवाउने उनको सपना पुरा भएको छ ।
आफै श्रमदान गरेर साम्पाङले पकुवा खोलाको पानी धरानको सर्दु भन्ने ठाउँमा पुर्याएका छन् । धरानमा पानी पुगेपछि उनले आफ्ना आँखाबाट आशु रसाएको बताएका छन् ।
‘म एउटा माध्यम मात्रै हुँ ! गर्ने सबै धराने जनता हुन्’, सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘सबै–सबैलाई अति धेरै सम्मानका साथ धन्यवाद । आज सर्दु छेउको बस्तीमा पानी आइपुग्यो । यो देख्दा आँखा रसाएको छ मेरो ।’
उनले अगाडी लेखेका छन्, ‘आखिर म जनताको सेवक न परें ! यति सेवा गर्न पाउँदा म अत्यन्तै खुसीछु ! विरोधीहरुका लागि यो सानो काम होला तर मेरो लागि यो कामको अर्थ अपरम्पार छ !’
उनलाई विरोधीहरुले श्रमिक बनेको, मेयर भएर ढुंगा बोकेको, कुल्ली, किसान लगाए शब्दको प्रयोग गर्दै बदनाम गर्न खोजेका थिए । त्यही कुल्ली काम गरेर साम्पाङले आज धराने जनतालाई पानी खुवाउन सफल भएका छन् ।
यो पनि पढ्नुस् :-
काठमाडौं, २७ असार
चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन ।
चार दिने भ्रमणमा आइतवार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् ।
मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेट्े पछि उनी स्वदेश फर्कनेछन । आइतवार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।
यो पनि, जापानमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको ह त्या भएको दुई दिनपछि आइतबार सम्पन्न निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विजयी हुने अनुमान गरिएको हो ।
१२५ सिट भएको माथिल्लो सदनमा पूर्वप्रधानमन्त्रीको पार्टी एलडीपी र यसको गठबन्धन कोमेटोले ७० देखि ८३ सिट ल्याउने अनुमान गरिएको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ ।
आबेको ह त्या हुनु अघि एलडीपी र कोमिटोले आफ्नो बहुमत ल्याउने अपेक्षा गरिएको थियो ।