मरिसकेको देउवा सरकारलाई बोकेर प्रचण्डले काठमाडौँमा दुर्गन्ध फैलाए : अध्यक्ष ओली

Spread the love

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई मृत घोषणा गरेका छन् । सोमबार सम्पादकहरुसँगको छलफलमा उनले देउवा सरकार मृत भइसकेको बताएका हुन् ।

सरकारको मृत शरीरलाई बोकेर माओवादी अध्यक्ष प्रचण्ड हिडेकाले काठमाडौँमा दुर्गन्ध फैलाएको ओली आशय थियो । ‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ’ उनले भने, ‘यो सरकार डेड भइसक्यो, देशका लागि यो मृत भइसक्यो ।’

ओलीले प्रचण्डलाई शंकेत गर्दै नामै नलिएर अब सरकारको अंग प्रत्यंग झर्दै जाने पनि टिप्पणी गरे । ‘भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन्, यसका अंग प्रत्यंग झर्दै जान्छ’ उनले भने, ‘भ्रष्टचारी अंग झरेर पिठ बन्छ ? त्यो ठाउँ त रुखो हुन्छ ।’

एमाले अध्यक्ष ओलीले अब मुलुक चुनावका प्रवेश गरिसकेको भन्दै सरकारको काम नभएको बताए ।