सार्वजनिक ठाउँमै रक्सी खाएर जाने बालेन शाहबाट काठमाडौँ चल्दैनः केशव स्थापित

Spread the love

नेकपा ९एमाले० मा कुनैबेला केशव स्थापित वामदेव गौतमका अति प्रिय थिए । यस बीचमा शाही कालमा उनी ज्ञानेन्द्र शाहसँग नजिक भए । शान्ति प्रक्रियापछि माओवादीतिर ढल्किए । माओवादीमा टिक्न नसकेपछि संघीय समाजवादी फोरमतिर लागे ।

अस्थिर र कतै पनि टिक्न नसक्ने स्वभावका कारण उनको राजनीतिक विश्वसनीयता धरापमा परिसकेको थियो । तैपनि पुरानो जुझारुपन ख्याल गर्दै एमाले अध्यक्ष ओलीले उनलाई पुनः एमालेमा स्वागत गरेका थिए ।

वि।सं। २०७४ को चुनावपछि उनलाई ओलीले नै प्रदेश नम्बर ३ को मन्त्री बनाएका थिए । तर, मुख्यमन्त्रीलाई अपशब्द बोलेको भन्दै एमालेले नै उनलाई मन्त्रीबाट बर्खास्त गरेको थियो । बारम्बार एमाले छाड्ने र फेरि एमालेमै फर्किने ढुलमुले चरित्रका स्थापितलाई एमालेले पच्चीस वर्षपछि पुनः काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार घोषणा गरेको थिए तर बालेनसंग हारे।

चुनाव हारेको धेरै समय पछि एक अनलाइन मिडियासँग अन्तर्वार्ता दिदै स्थापितले बालेनले केही गरि नखाँने र अब पाँच वर्ष दुःख व्यहोर्ने बस्ने बताएका छन् । २(४ महिनामा बालेन थाक्छ ।

बालेनले केही गरिखाँदैन । यो पाँच वर्ष काठमाडौंवासीले दुःख व्यहोर्ने हो स्थापितले भनेका छन् बालेनबाट चल्दैन भन्ने मलाई लागिसक्यो । अस्ति सार्वजनिक ठाउँमै रक्सी खाएर गयो ।

ऊसँग भएको संगठित मास होइन । काम गर्न नसकेपछि समर्थकले छाड्दै जान्छन् । केही गर्दैन । देख्नुभएन निर्णय रु १५ लाखमा यमबुद्धको सालिक बनाउने । विरोध भएपछि आफ्नै तलबबाट बनाउने रे ।

यस्तो पनि महानगरको मेयरको निर्णय हुन्छ रु म भएको भए यमबुद्धको हात काटिएको अर्धकदको सालिक हैन, म्युजिक सेन्टर बनाउँथेँ । नागार्जुनमा यमबुद्ध पार्क र सँगै म्युजिक विश्वविद्यालय बनाउँथेँ । १५ लाख हैन, पहिलेका मेयरले काम नगरेर थुपारेर राखेको २ अर्ब खर्च गर्थें । संसारभरका र्‍यापरको अन्तर्राष्ट्रिय सेन्टर बनाउँथेँ ।