काठमाडौं। चीनको वुहानमा चारजनामा कोरोना संक्रमण देखिएपछि लकडाउन गरिएको छ। चारजनामा कोभिड-१९ संक्रमणदेखिएपछि फेरि लकडाउन लागू गरिएको हो।
पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको चीनको वुहानमा चारजनामा फेरि कोरोना देखिएपछि लकडाउन गरिएको हो। तीनदिनसम्म जिनसिया जिल्लाका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ।
‘जिरो कोभिड’ रणनीति अपनाएको चीनको वुहानमा नियमित कोराना परीक्षण हुँदै आएको छ। त्यसैक्रममा दुई दिन अघि दुईजनामा कोरोना संक्रमण देखिएको थियो। पछि कन्ट्रयाक्ट ट्रेसिङ गरि परीक्षण गर्दा थप दुईजनामा संक्रमण पुष्टि भएपछि लकडाउन घोषणा गरिएको हो।