ई-पासपोर्टको कुरामा थपियो यस्तो सहजता, सेवाग्राहीलाई अब झन्झट नहुने !

Spread the love

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि भाेलि मंगलबार बिहान ११ बजेदेखि अनलाइन आवेदन फारम खोल्ने भएको छ ।साेमबार एक सूचना जारी गर्दै विभागले यसबारे जानकारी दिएकाे हाे ।‘राहदानी विभागले भोलिबाट प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खोल्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

यो पनि …संसदीय समितिले नेपाली उद्योगमा कार्यरत विदेशी मजदुरहरू सट्टामा नेपाली मजदुरलाई रोजगारी दिने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालमा रहेका विदेशी कामदारहरूको लगत संकलन गर्न र विदेशीको सट्टा नेपाली मजुरलाई श्रममा लगाउन श्रम विभागलाई निर्देशन दिएको हो ।

सोमवार वैदेशिक रोजगार र श्रम सम्बन्धी समस्याका विषयमा श्रममन्त्रीसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा विदेशी कामदारको लगत संकलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन दिए । उनले कतार, इजरायल तथा दक्षिण कोरियामा रोजगारीको क्षेत्रमा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन मन्त्रालयलाई निर्देशन दिए ।

सभापति श्रीवास्तवले नेपाली उद्योगमा स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समिति सदस्यहरूलाई पनि सहभागी गराउन निर्देशन दिए । समितिले उद्योग, श्रम र भौतिक पूर्वाधार मन्त्रालय तथा अन्य निकायहरूसँग समन्वय गरी मजदुरको समस्या समाधान गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।