कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालयमा सूर्यनाथ रान यादवको स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै दाहालले उक्त कुरा बताएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ‘जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा लोगोमा सीमित भएको उल्लेख गरेका छन् । न्यायको लागि लड्ने योद्धा भनेर चिनिनु पर्नेमा माओवादी भन्ने नाम विज्ञापन जस्तो मात्रै भएको उनको भनाइ छ।
दाहालले अहिलेकै जस्तो माओवादी मुलुकलाई आवश्यक नभएको बताएका छन् । उनले भने मैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने त यो पार्टी नभए पनि के भयो र ?
जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त त्यस्तो पार्टी नहुनु राम्रो भएको उनको भनाइ थियो