जनार्दन शर्मा अर्थमन्त्री बन्दा गोरु पनि लजायो : ओली

Spread the love

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्तबारे कडा टिप्पणी गरेका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा अर्थमन्त्रीमा फेरि शर्मालाई दोहोर्याउँदा ‘गोरु पनि लजाएको’ अध्यक्ष ओलीले टिप्पणी गरे ।

ओलीले भने, ‘‘मैले उहिले भन्या थिए, गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन भनेर । यस पटक गोरु लजाउने काम सरकारले गर्यो । भ्रष्टाचारको केस लाग्या छ, छानबिन समितिमा आफ्नै बहुमत राख्या छ, छानबिन गर्न दिएकै छैन, छानबिन भएकै छैन । कल डिटेल हटाएको छ । सिसिटिभीको फुटेज मेटाएको छ, रिभाइभ गर्दा देखिँदैन बुझिँदैन । अनि सफाइ पायो कि सफाइ पायो !’’

अध्यक्ष ओलीले नयाँ अर्थमन्त्री बनाउने व्यक्ति गठबन्धनसँग नभएको पनि बताएका छन् । ‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ, कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाजशरम किन मान्ने ? लोकलाज किन मान्ने ? कांग्रेसको भनाइ हो,’ ओलीले भने ।