काठमाडौं । चर्चित हास्य कलाकार राजु श्रीवास्तवको बारेमा नराम्रो खबर बाहिर आएको छ । राजु श्रीवास्तवलाई हृदयाघात भएको छ । अचानक स्वास्थ्य बिग्रिएपछि राजु श्रीवास्तवलाई दिल्लीको सरकारी अस्पताल एम्समा भर्ना गरिएको छ । उनका भाइ र पीआरओले हास्यकलाकारलाई हृदयघात भएको पुष्टि गरेका छन् ।
राजु श्रीवास्तव होटलको जिममा कसरत गरिरहेका थिए । उनी ट्रेडमिलमा कसरत गरिरहेका थिए । त्यसपछि दौडदै गर्दा उनको छाती दुख्यो र उनी तल लडे । यसपछि राजु श्रीवास्तवलाई तत्काल अस्पताल लगिएको थियो । राजुका पीआरओ अजित सक्सेनाका अनुसार हास्य कलाकार पार्टीका केही ठूला नेताहरूलाई भेट्न दिल्लीमा बसेका थिए।
उनी बिहान जिम गएका थिए जहाँ जिम गर्दागर्दै हृदयघात भयो । राजु श्रीवास्तवको पल्स अहिले फर्किएको उनले बताए । उनको स्वास्थ्यमा सुधार भइरहेको छ । राजुको स्वास्थ्यलाभको कामना गर्न सबै कमेडियनका फ्यानहरुलाई पीआरओले आग्रह गरेका छन् ।
हास्यकलाकारको यो दुखद खबरले फ्यानलाई निराश बनाएको छ । फ्यानहरूले राजु श्रीवास्तवको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । राजु श्रीवास्तव एक प्रसिद्ध हास्य कलाकार हुन्। उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष पनि हुन्।
राजु श्रीवास्तवलाई कमेडीका राजा मानिन्छ । उनले धेरै फिल्म र टिभी कार्यक्रममा काम गरिसकेका छन् । वर्षौंदेखि राजु श्रीवास्तवले आफ्नो कमेडीबाट मानिसहरूलाई हँसाइरहेका छन्। राजु श्रीवास्तव सानैदेखि कमेडियन बन्न चाहन्थे र उनले आफ्नो सपना पूरा पनि गरे । राजुले स्टेज शोबाट आफ्नो करियर सुरु गरेका थिए ।