बर्षमानको महासचिव बन्ने सपना चकनाचुर !

Spread the love

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन भएको लामो समय भइसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेका छैनन् । विशेषगरी पार्टी महासचिवमा धेरै नेताहरुको दावि भएकाले प्रचण्ड सकसमा छन् ।

महासचिवमा अरु धेरैको दावि भएपनि नेता बर्षमान पुन र जनार्दन शर्माले आफ्नो दावि नछोडेपछि प्रचण्ड थप तनावमा थिए । उनीहरु दुबै जनाले आफ्नो दावि नछोडेपछि प्रचण्डले अर्का नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् ।

बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो । माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिवमा देव गुरुङको नाम घोषणाको तयारी गरेका छन् ।

माओवादीको महासचिवमा नेताहरु शर्मा र पुन मध्ये कुनै एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आकलन गरी तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोत बताउँछ ।

‘रातभरिमा परिस्थितिमा फेरबदल नआए गुरुङ महासचिव बन्नेछन्’ स्रोतले भन्यो ।