यो चुनाब मा हारे भने म बनबास जान्छु : रामचन्द्र पौडेल

Spread the love

नेपाली काग्रेसमा लामो समय सम्म देउवाको विरोध गरेर बसेका तर काग्रेसको १४ औँ महाधिवेशन पछि एकाएक युटर्न भएर देउवाको सहयोगीको भूमिकामा देखिएका काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ले बनवास जाने कुरा ।

झिकेका छस्थानिय तहको निर्वाचनमा काग्रेस ले कम्युनिष्टसँग गठबन्धन गर्न हुँदैन भन्ने चर्को आवाजका विपरित गठबन्धन गरेरै जानु पर्छ भन्ने प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापतीे शेरब हादुर देउवाको लाइनलाई दरोसँग ।

समर्थन गरेका पौडेलले काग्रेस बनवास नजाने गरी फेरी पनी गठ बन्धन गर्नु पर्ने बताएका छन् । नेकपा एकिकृत समाजवादीले समेत प्रतिनिधीसभाको निर्वाचनमा ४० प्रतिशत भाग मागेर लफडा गर्न थाले पछि काग्रेस नेता पौडेल झोक्किएका छन् ।

माधव नेपालाई ४० प्रतिशत भाग दिने हो भने काग्रेस चाँही के बनवास जाने त भन्दै पौडेल जंगिएका छन् । पार्टीहरुको हैसियत अनुसारको भाग पाउँने पनि उनले प्रष्ट पारेका छन् ।

एक रेडियो अन्तवार्ताका क्रममा पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धन हुने तर पार्टीहरुको हैसियत अनुसार मात्रै हुने प्रष्ट पारेका छन् । स्थानिय तहको निर्वाचनमा रामो सँग गठबन्धन गर्न नसक्दा।

धेरै सिट गुमेको भन्दै उनले अब कम्तीमा दुई तिहाइ ल्याउँने गरि गठबन्धन हुने बताए ।स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवस्थित ढंगले अघि बढाउन सकेको भए हाम्रो एक डेढ सय सिट बढ्थ्यो । अब संघ र प्रदेशको निर्वाचनमा ।

दुई तिहाइ बहुमत सजिलै ल्याउने गरी गठबन्धन हुन्छ । तर त्यसका लागि के गर्ने कसो गर्ने कति गर्ने भन्ने मोडालिटी तयार भइसकेको छैन । पौडेलले भनेका छन् । कांग्रेस वरिष्ठ नेता पौडेलले मल ल्याउने जिम्मा व्यापारीलाई सुम्पनु नहुने पनि औंल्याए ।

पौडेलले थपे, “कृषि सामग्री संस्थानको दशा दोहोर्याउने भूल गर्नुहुँदैन । राज्यले आफ्नो दायित्व व्यापारीलाई सुम्पँदा मलको हाहाकार हुन्छ । व्यापारीले त नाफा भए ल्याउँछ, नभए ल्याउँदैन ।माओवादी केन्द्रले ६० र एकीकृत ।

समाजवादीले ४० सिट दाबी गरिरहेका छन् नि भन्ने प्रश्नमा उनले भने, “मेरो कुरा सफासाफी छ पार्टीको क्षमता र हैसियत अनुसार सिट बाँडफाँड गर्नुपर्छ । सिट मात्र दिएर हुन्छ?चुनाव जित्नुपर्‍यो नि ! टिकट लिने सिट ओलीलाई बुझाइदिने गर्न कसरी मिल्छ? ।

आफ्नो हैसियत हेर्नु परेन ? चुनाव हार्ने गरी सबै सिट अरुलाई सुम्पेर कांग्रेस बनवास जाने ?” प्रचण्ड र वर्षमान पुनले पनि कांग्रे सलाई साइजमा राख्नुपर्ने बताइरहनुभएको छ नि भन्ने अर्को प्रश्नमा वरिष्ठ नेता पौडेलले भने, मैले भनिसकें,।

कहाँ कसले जित्ने सम्भावना छ, त्यस अनुसार टिकट बाँड्नुपर्छ । अब वर्षमान पुनले भनेर के हुन्छ ? स्थानीय तह निर्वाचनमा रोल्पा, रुकुममा कांग्रेसलाई एउटा पनि दिनुभएन । वर्षमानले मिलाउने, मिलाउने भनेर धोका दिनुभयो । कसैले पनि तीनचारतिर खुट्टा राखेर डुंगा चलाउनु हुँदैन ।”