बालेनमाथि हर्क साम्पाङको प्रहार नरोकिनुको कारण यस्तो पो रहेछ, बल्ल आयो भित्री कुरा !

Spread the love

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहमाथिको प्रहार गरिरहेका छन् । काठमाडौँको पोहोर मैलामा मेयर बालेन साहलाई लक्षित गरी सामाजिक सञ्जालमा उनले स्टाटस वर्षा नै गराइरहेका छन् ।

काठमाडौँ आएर फर्किए लगत्तै उनले बालेनले काम गर्न नसकेको भन्दै निरन्तर टिप्पणी गरिरहेका छन् । उनले आफ्ना फेसबुक स्ट्याटस र भिडिओमा प्रयोग गरेको भाषा शैलीलाई लिएर समर्थहरूले नै यस प्रकारको विवाद ननिकाल्नका निम्ति सुझाव दिइरहेका छन् ।

काठमाडौँ महानगरलाई काम गर्न कठिन भएको भए आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै हर्कले भने एक जनाले गुलेली हान्यो, बाख्रा मा¥यो भनेर नहुने बताए ।

आफूले सामाजिक सञ्जालमा लेखेका टिप्पणीलाई आलोचनाका रूपमा होइन, सुझावका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ ।केही दिनअघि काठमाडौँ आएका साम्पाङले फर्के लगत्तै आफ्नो फेसबुकमा काठमाडौँको फोहोर सफा होस् भन्ने कामना गर्दै स्ट्याटस लेखेका थिए।

त्यसको एक घण्टापछि उनले अर्को स्ट्याटस लेखे, ‘जसले जे भनोस् तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कमसे कम काम त सुरु गरे ।’

यही स्ट्याटसमुनि बालेनले जवाफ फर्काए, हो नि । तपाईँकै लौरा चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।यो क्रम यतिमै सीमित रहेन। त्यसपछि हर्कले लगातार अरू स्टाटसहरु पनि लेख्दै गए ।

उनले काठमाडौँको फोहोरका कारण धरानका उपमेयर अइन्द्रविक्रम बेघालाई पखाला लागेको समेत बताएका छन् ।उनले भनेका छन्, ‘हाम्रो उपमेयरलाई त्यहाँ बसुन्जेल पखाला लाग्यो । त्यसपछि मैले व्यङ्ग्य गरेको हुँ। जबसम्म फोहोर उठ्दैन, म व्यङ्ग्य गरिरहन्छु।

उनले अगाडि भने, ‘जुन दिनसम्म काठमाडौँको फोहोर सोहोरिँदैन, सहर सफा हुँदैन। त्यसैले धरानले मात्र होइन, चारैतिरबाट प्रहार गर्नुपर्छ अनि बल्ल काम हुन्छ।’

धरानमा श्रमदान प्रवर्द्धन गर्दै आएका साम्पाङले ढुङ्गा बोक्नु मात्र श्रमदान नभएको बताए । जनप्रतिनिधिहरू देश बनाउने अभियानमा लागेकाले सबैतिरका र सबै किसिमका बेथितिबारे बोल्नुपर्ने उनले बताएका छन् ।