झाक्रीलाई प्रचण्ड र देउवाले जिताउने जिम्मा लिएपछि झाक्री यहाबाट चुनाव लड्ने भयो पक्का

Spread the love

काठमाडौं, ।

नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री कहाँबाट चुनाव लड्छिन भन्ने अहिले चासोको विषय बनेको छ । पछिल्लो समय झाँक्री काठमाडौंबाटै चुनाव लड्ने चर्चा चलेको छ ।उनी काठमाडौं २ बाट उठ्ने तयारीमा रहेको चर्चा चलेपनि गठबन्धनका शीर्ष नेताहरुले भने उनलाई गृहजिल्ला गुल्मीबाटै उठ्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसमेत झाँक्रीलाई गुल्मीबाटै चुनाव लड्न र जिताउने जिम्मा लिएको चर्चा छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले पनि गठबन्धनले नै साझा उम्मेद्धवार बनाउने भएपछि गुल्मीबाटै चुनाव लड्न आग्रह गरेको बुझिएको छ । गुल्मी झाँक्रीको गृहजिल्ला हो । यो क्षेत्रमा ०७४ मा नेकपा (एमाले) का प्रभावाली नेता गोकर्ण विष्टले चुनाव जितेका थिए ।

यसपटक पनि एमाले सचिवसमेत रहेका नेता विष्ट नै चुनाव उठ्ने निश्चित् छ । गठबन्धनले साझा उम्मेद्धवारको रुपमा झाँक्रीलाई उठाउने भएपछि उनको जित निश्चित् रहेको अड्कलबाजी सुरु भएको छ । आजबाट सत्ता गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलले छलफल थालेको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलबीच सिटको बाँडफाँडको मोडालिटी तय गर्न कार्यदल गठन भएको छ । कार्यदलको संयोजक भने कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तोकिएका छन् ।

यो पनि हेर्नुहोस, पहिलो वामपन्थी राष्ट्रपति बनेका पूर्वछापामारकाे गैरवाम अर्थमन्त्री बनाउने चाहना – पेट्रोको विजयले देशको आधा शताब्दी लामो सशस्त्र संघर्षमा वामपन्थी संलग्नतालाई पुनर्विचार गर्न शक्तिशाली दबाब सिर्जना गरेको छ । यो बाटो त्यतिबेला मात्रै प्रष्ट हुनेछ जतिबेला पेट्रोले जनपक्षीय काम गर्न सक्नेछन् र आम मतदाताको निराशा आशामा परिणत हुनेछ ।

कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कुनैबेला छापामार युद्धमा सहभागी पेट्रो देशकै पहिलो वामपन्थी राष्ट्रपति बनेका हुन् ।

जुन १९, २०२२ मा भएको दोस्रो चरणको राष्ट्रपति चुनावमा ५०.५ प्रतिशत मत प्राप्त गर्दै उनी कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति बनेका हुन् । २९ मे २०२२ मा सम्पन्न चुनावमा कोही पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन सफल भएनन् । लगत्तै १९ जुन २०२२ मा सम्पन्न दोस्रो चुनावमा लोकप्रिय प्रोपर्टी टाइकुन रोडोल्फो हर्नान्डेजले ४७.३ प्रतिशत मत ल्याउँदा पेट्रोले ५०.४ प्रतिशत मत ल्याएका हुन् ।

को हुन् गुस्ताभो पेट्रो ?
अहिले कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपतिको पहिचानका साथ चर्चामा रहे पनि पेट्रोको एउटा मात्रै परिचय छैन । उनी एक अर्थशास्त्री, राजनीतिज्ञ र पर्यावरण र मानवअधिकार अभियन्ता पनि हुन् ।

कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रो कुनैबेला एम-१९ नामक एक सहरी छापामार संगठनको सदस्य थिए । सन् १९७० मा स्थापित उक्त छापामार समूहले चुनावमा भएको धाँधलीपछि सशस्त्र विद्रोहबाट सत्ता कब्जा गर्ने असफल प्रयास गरेको थियो ।

सोही क्रममा केवल १७ वर्षको उमेरमा शहरी गुरिल्ला समूहमा आवद्ध पेट्रो पनि अवैध हतियार राखेको आरोपमा जेल पुगे । सन् १९९० मा उक्त समूहलाई विघटन गरेर राजनीतिक दलमा रुपान्तरण गरियो ।

तेस्रो प्रयासमा राष्ट्रपति
त्यसो त, पेट्रो कुनै आकस्मिकतामा चिठ्ठा परेर कोलम्बियाको राष्ट्रपति बन्न सफल भएका होइनन् । उनी तेस्रो प्रयासमा राष्ट्रपति बनेका हुन् । उनी बोगोटाका पूर्व मेयर पनि हुन् ।

सन् १९९१ मा उनी उक्त पार्टीबाट तल्लो सदनको सदस्यमा निर्वाचित भए । सन् २००६ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उनले अल्टरनेटिभ डेमोक्रेटिक पोलबाट चुनाव लडे र सिनेटरको रूपमा दोस्रो लोकप्रिय मतका साथ विजयी भए ।

सन् २००९ मा एक वर्षपछि हुने राष्ट्रपतीय चुनाव लड्न उनले आफ्नो पदबाट राजीनामा दिए । पार्टीको नेतृत्वसँगको वैचारिक मतभेदका कारण उनले ह्युमेन कोलम्बिया नामक प्रगतिशील आन्दोलनको नेतृत्व गरे जुन पछि एक वामपन्थी पार्टीमा परिणत भयो ।

लगत्तै सम्पन्न स्थानीय तहको निर्वाचनबाट बोगोटाको मेयर निर्वाचित भए । सन् २०१८ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा उनी निकटतम प्रतिद्वन्द्वीको रूपमा मात्र सीमित भए । यद्यपि, त्यहाँको संवैधानिक व्यवस्थाअनुसार उपविजेताको रूपमा उनलाई पदेन सिनेटरको पद मिल्यो । उनले देशको ठूलो वामपन्थी पार्टीसँग गठबन्धन बनाउन पनि सफलता हात पारे ।

कमजोर सावित भएका ‘बलिया’ प्रतिस्पर्धी
उनका प्रतिस्पर्धी रोडोल्फो हर्नान्डेज एक रियल इस्टेट व्यापारी हुन् । उनी निर्दलीय उम्मेदवारको रूपमा देशको नेतृत्व गरिरहेका थिए । उनले पहिलो चरणमा ४० प्रतिशतभन्दा बढी मत ल्याए पनि दोस्रो चुनावमा केवल २८ प्रतिशत मतमा खुम्चिए ।

निर्दलीय उम्मेदवार रोडोल्फो हर्नान्डीज सुआरेजले भ्रष्टाचारविरुद्ध आवाज उठाए पनि उनी स्वयंमाथि नै २०१६ मा बुकारामंगामा मेयर रहँदा फोहोर व्यवस्थापनमा भ्रष्टाचारको आरोप लागेको थियो । उनी चुनावी प्रचारमा बढीभन्दा बढी सामाजिक सञ्जालमा भर परे र आफूलाई किङ अफ् टिकटकको दर्जा दिए । उनको कार्यशैलीलाई डोनाल्ड ट्रम्पसँग तुलना गरियो जसले सोचविचार गरेर बोलेन र अधिकतम् रूपमा मूर्खतापूर्व तरिका अपनाए ।

सत्तामा हालीमुहाली रहेका मानिसहरूको समर्थन रहेका कन्जर्भेटिभ उम्मेदवार फेडेरिको गुटिरेज पनि पहिलो चरणको चुनावसम्म पेट्रोविरुद्ध थिए । कोलम्बियाको मध्यमार्ग-दक्षिणपन्थी पार्टीको एक गठबन्धनको समर्थन पाएसँगै उनी शक्तिशाली कन्जर्भेटिभ उम्मेदवार थिए ।

अपराधविरुद्धको कडा कारबाही, कानुनी शासन, शिक्षामा सुधार, दक्षता अभिवृद्धि कार्यक्रम, बजारको न्यून नियमन र विकेन्द्रीकरण जस्ता लोकप्रिय चुनाव नारा दिए पनि उनलाई मतदाताले एक सम्वर्द्धनवादी नेताको रूपमा मात्रै स्वीकारे । आमूल परिवर्तन चाहिरहेका कोलम्बियाका मतदताले उनलाई पत्याएनन् । पहिलो चरणको चुनावमा कमजोर भए पछि उनले दोस्रो चरणमा रोडोल्फोलाई समर्थन दिने घोषणा गरे ।

केही प्रतिकूलता, केही अनुकूलता
कोलम्बिया ल्याटिन अमेरिकाको तेस्रो धेरै जनसंख्या भएको देश हो । त्यहाँ बढिरहेको असमानता, मुद्रास्फीति र हिंसासँग जुधिरहेको बेला नागरिकमा बढिरहेको असन्तुष्टि नै उनको विजयको आधार बन्यो । यो उनको लागि अनुकूलता बन्यो ।

उदारवादी राजनीतिको दबदबा रहेको कोलम्बियामा वामपन्थी चरमपन्थ अत्यधिक अलोकप्रिय छ । यस्तो राजनीतिक प्रतिकूलता चिर्दै एक छापामार तथा पूर्व विद्रोही नेताले चुनाव जित्नुलाई अब कोलम्बिया थप राजनीतिक परिवर्तनका लागि तयार छ भन्ने सन्देशको रूपमा लिइएको छ ।

कोलम्बियामा अघिल्ला राष्ट्रपति इभान ड्यूक मार्केज आफ्नो कर नीतिको लागि आलोचनाको पात्र बनिरहेका थिए । स्वास्थ्य सेवालाई निजीकरण गर्ने उद्देश्यले ल्याइएको एक विधेयक चार दिन लामो शक्तिशाली आन्दोलनपछि फिर्ता गरिएको थियो । सरकारी कर नीतिका कारण कामदार र मध्यम वर्गका मानिस प्रताडित भएको महसुस गरिरहेका थिए ।

अत्यधिक बेरोजगारी, गरिबी, शिक्षा र स्वास्थ्यमा असमानता जस्ता यथार्थले अनिश्चित बनिरहेको भविष्यको चिन्ता गर्दै त्यहाँ रहेका २८ वर्ष वा सोभन्दा कम उमेरका मतदाताले निस्फिर्की विकल्पमा मतदान गरे । यो पेट्रोको अर्को अनुकूलता थियो ।

कम अन्तरको विजय भए पनि यो चुनावी परिणामको अर्थ सामान्यभन्दा फराकिलो विजयको रूपमा चर्चा गरिएको छ । किनकि उनको आमूल परिवर्तनकारी वामपन्थी छवि उदारवादी मतदाता अत्यधिक रहेको देशमा प्रमुख प्रतिकूलता थियो । जसलाई उनले निर्वाचनको बेला त छिचोले तर सफल राष्ट्रपतिमा दरिन उक्त जनमतको थप विश्वास जित्नुपर्नेछ । किनकि उनी विजय भएसँगै लगानीकर्ताहरू निराश देखिएका छन् । राष्ट्रपतिको नतिजा घोषणा भएपछि कोलम्बियाको मुद्रा र सेयर बजार हल्लिएको थियो ।

यही निराशा चिर्न उनले गैरवामपन्थी अर्थमन्त्री चयन गरेर लगानीकर्तामा आशा भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, आमूल परिवर्तनको बाटो लिनुकाे साटाे केही प्रगतिशील निर्णयहरू गर्ने संकेत गरिरहेका छन् । सँगसँगै उनले राष्ट्रपति निर्वाचित भएपछि कटु आलोचकहरूसँग समेत सहकार्य गर्ने अभिव्यक्ति दिएका छन् । देशका साझा समस्या समाधान गर्न सबै पक्षसँग संवाद गरिरहने उनले बताएका छन् । अर्थात् उनी तीव्रगामी परिवर्तन हाेइन, सामान्य सुधारहरुमार्फत अघि बढ्न चाहेका छन् ।

कोलम्बियामा राष्ट्रपतिको केवल ४ वर्षे कार्यकाल छ र एकजना उम्मेदवार केवल एकपटक मात्र राष्ट्रपति बन्न सक्छन् । निवर्तमान राष्ट्रपति इवान डुक मार्केज मध्यमार्गी- दक्षिणपन्थी विचारधाराको प्रतिनिधित्व गर्ने नेतासँगै एक वकिल र लेखक पनि हुन् । सन् २०१८ मा सत्तामा आएका उनले रिभोल्युसनरी आर्म्ड फोर्सेज अफ कोलम्बिया (एफएआरसी) र कोलम्बिया सरकारबीच भएको शान्ति सम्झौताको शख्त विरोध गर्दै उनी चुनावी स्पर्धामा उत्रिएका थिए ।

विद्रोहीप्रति सरकार नरम भएको र यसबाट उनीहरू कडारूपमा प्रस्तुत हुनसक्ने भाष्य उनले बनाए । पाँच दशक लामो गृहयुद्ध अन्त्य गर्ने शान्ति सम्झौताको कार्यान्वयनमा जानीजानी ढिलासुस्ती गरेको भन्दै उनको नागरिकको तहबाटै आलोचना हुन थालेको थियो । यस्तो गृहयुद्ध जहाँ २५ हजारभन्दा बढीमा मानिसले ज्यान गुमाए र ८ लाखभन्दा नागरिक विस्थापित भए ।

साथै, कर सुधार र विदेशी लगानी भित्र्याउन पनि असफल उनी असफल रहे । यही निराशाबीच कोभिड महामारीमा उनको सरकारको कमजोर प्रस्तुति रह्यो । यही असफलताको मैदानमा एक पूर्व छापामार नेताले देशको पहिलो वामपन्थी राष्ट्रपति बनेर इतिहास रच्न सके ।

अफ्रिकी-कोलम्बियाली वकिल र एक पर्यावरण कार्यकर्ता फ्रांसिसा मार्केज देशको पहिलो अश्वेत उपराष्ट्रपति बन्दैछिन् । पेट्रो र फ्रान्सियाले अभियानको क्रममा आर्थिक र पर्यावरणसँग जोडिएका मुद्दालाई बढीभन्दा बढी जोड दिएर उठाउँदै आएका छन् ।

धनी वर्गमाथि कर लगाउँदै आम्दानीको असमानता न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण र एफएआरसीसँग भएको शान्ति सम्झौता कार्यान्वयनको प्रतिबद्धता उनीहरूको प्रमुख प्रतिबद्धता हो जुन अब चुनावी सफलतासँगै प्रमुख कार्यभारमा रुपान्तरण भइसकेको छ ।