अभिनेता बिपिन कार्की बिरुद्ध उजुरी

Spread the love

काठमाडौं – अभिनेता विपिन कार्कि बिरुद्द उजुरी परेको छ । उनी विरुद्ध नेपाल चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघमा निर्माता सुभाष थापाले उजुरी हालेका हुन् । उनले फिल्म खेल्नका लागि सहमती गराइदिन आग्रह गर्दै लिखित निवेदन दिएको बताइएको छ ।

फिल्म नखेल्ने भए विपिनबाट क्षतिपूर्ति दिलाइदिन थापाको आग्रह छ ।फिल्ममा ठूलो खर्च भइसकेको र कास्कीबाट फर्किएपछि विपिन कार्की सम्पर्कमा नआएपछि उनले उजुरी दिन बाध्य भएको बताएका छन् ।

केहि समय अघी निर्माता र अभिनेताबीचको विवाद निस्किएपछि ‘प्रसाद २’ को छायाँकन सेटमा पुगेर रोकिएको थियो ।

कावासोती- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताउनुभएको छ । आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानीको अवलोकन गर्न आइपुग्नुभएका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताउनुभएको हो ।

मन्त्री बडूले यस पटकको अनुगमन औपचरिकतामा सीमित नहुने भन्दै थप्नुभयो, “पटकपटक धेरै मन्त्रीले अनुगमन गर्नुभयो अब हामी रिजल्ट दिने गरी आएका छौँ, चाँडै नै फलाम खानीमा उत्खनन र प्रशोधनको कामले गति लिन्छ ।” धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकबहादुर चन्दसहित मन्त्री बडु फलाम खानी स्थल पुग्नुभएको हो ।

मन्त्री बडूले उत्खनन र प्रशोधनको काममा निजी क्षेत्रको सहकार्य गर्ने गरी छलफल चले पनि निष्र्कषमा पुग्न बाँकी रहेको बताउनुभयो । उहाँले प्रशोधन उद्योग खोल्नका लागि उपयुक्त भनिएको पूर्वी नवलपरासीको लोकाहामा रहेको प्रस्तावित औद्योगिक क्षेत्रको निरीक्षण गर्नुभयो । लोकाहामा गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागी बजेट छुट्टयाएर काम सुरु गरेको छ ।

यस अघि धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा सो क्षेत्रमा गरेको अध्ययनमा कच्चा फलामको भण्डार रहेको देखाएको थियो । खानी तथा भूगर्भ विभागले यसअघि गरेको अध्ययनबाट त्यस फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो । सरकारी स्वामित्वमा स्थापित कम्पनीले खानीको भण्डार परिमाणबारे गरेको पछिल्लो अध्ययनले थप पाँच करोड मेट्रिक टन फलाम रहेको अनुमान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०६७÷६८ देखि उक्त स्थानमा रहेको खानीको अन्वेषण सुरू गरिएको थियो, अन्वेषणका क्रममा फलामको भण्डारण १० करोड मेट्रिकटन रहेको अनुमान गरेको कम्पनीले अहिले गरेको अन्वेषणले त्यसको परिमाण बढी भएको देखाएको छ । ”

देशको सबैभन्दा ठूलो फलाम खानीका रूपमा हेरिएको उक्त फलाम खानी १० किलोमिटर लम्बाइ, १५ देखि ३० मिटर चौडाइ र १०० मिटर गहिराइमा अवस्थित छ । खानीमा छड बनाउन सकिने गुणस्तरको फलाम देखिएकाले त्यसको आधिकारिक पुष्टि गर्न विभागले पाँच टन फलाम गतवर्ष चीन पठाएको थियो । चीनबाट प्राप्त प्रतिवेदनले व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि गरेको थियो । पूर्वी नवलपरासीको कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका–५ मा पर्ने धौवादीमा १० किलोमिटर लामो फलाम खानी (फलामको मात्रा धेरै रहेको पहाड) रहेको छ ।