श्रम दान गर्न हर्क साम्पाङ्गको निम्तो स्वीकार्दै प्रचण्ड पुगे धरान !

Spread the love

काठमाडौ, १० भदौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङबाट धेरै प्रेरणा लिन सकिने बताएका छन्।

उनले कम्युनिष्ट पार्टीले गर्नुपर्ने काम गरिरहेकाले पार्टी पंक्तिले नै प्रेरणा लिन सक्ने प्रचण्डको भनाइ छ। हर्कले कम्युनिष्ट पार्टी अझ भनौं माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ। उहाँबाट हाम्रा पार्टीका साथीहरूले प्रेरणा लिन सक्नुहुन्छ उनले भने। जनतासँग सधैं जोडिएर काम गर्न प्रचण्डले हर्कलाई सुझाएका छन्। जनतासँग जोडिएर काम गर्नुस्। सधैं जनतासँगै रहनुस्। अझै राम्रो काम गर्नुस्। मेरो शुभकामना प्रचण्डले भने।

जवाफमा हर्कले आफू सधैं जनतासँगै जोडिएर काम गर्ने बताएका छन्। हवस् सर म सधैं जनतासँगै जोडिएर काम गर्छु उनले प्रचण्डसँग भने। जनवादी गायक जेबी टुहुरेको स्मृतिमा धरान पुगेर प्रचण्डले वृक्षरोपण समेत गरेका छन्।