हास्य कलाकार मनोज गजुरेल जब स्टेजमा उक्लन्छन्, दर्शकहरू पेट मिचीमिची हाँस्छन् । बलियो सामाजिक र राजनीतिक चेतसहितको मनोजको हास्यव्यंग्यले हासोसँगै प्रभावकारी सन्देश पनि छाडिरहेको हुन्छ ।
तर, सधैँझैँ मनोज स्टेजमा उक्लँदा हाँस्ने दर्शकहरू यसपालि हाँस्न सकेनन् । बरु कोही रुमालले आँसु पुछ्दै थिए त कसैको पत्तै नपाई आँखा भिजिरहेको थियो ।
आइतबार प्रज्ञा–प्रतिष्ठानको हलमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी जीवनसंगिनी राधिका शाक्यलगायत थुप्रै राजनीतिक नेता, कलाकार तथा उद्यमीहरूको बाक्लो उपस्थिति थियो । सिस्नुुपानी नेपालले आयोजना गरेको तीज विशेष कार्यक्रममा मनोज गजुरेल अहिलेसम्मकै भिन्न ‘गेटअप’मा देखिए । सुरुमा विरहलाग्दो पार्श्व संगीतसँग एउटी वृद्धाको भाका मिसियो-
धानै र कुट्नु ज्यान ढुकुढुकु रामकाली रुदुवा
बालखैकालमा बे गरी दिए बैँसैमा विधुवा…।
स्टेजमा ८० वर्षकी वृद्धा देखा परिन् । जसको कपाल सेताम्य थियो, अनुहार बुढ्यौलीले मुजा परेका थिए । ‘नमस्कार छ, धन्यवाद छ सबै जनालाई । मेरो नाम इन्द्रमाया । तर मेरो नाम र जिन्दगीको बीचमा गहिरो खाडल छ नानी !,’ वृद्धा मलिन आवाजमा आफ्नो परिचय दिन्छिन् ।
मनोज स्टेजमा आफ्नै ८० वर्षीया आमाको क्यारिकेचर गर्दै थिए । आमाकै कपडामा, आमाकै हाउभाउमा, आमाकै लवजमा उनले आमाले भोगेका सङ्घर्षहरू सुनाइरहेका थिए । अरु बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूूर्वअमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प, डब्लूएचओ प्रमुुख डा. टेड्रोस एडहानोम गेहब्रेयस, या त अन्य चर्चित पात्रहरूको क्यारिकेचर गरेर माहौल तताउँथे । यसपालि उनले आफ्नै आमाको चरित्र स्टेजमा देखाउने प्रयत्न गरे ।
आमा इन्द्रमायाका सात सन्तान, जसले २९ वर्षकै उमेरमा श्रीमान् गुमाइन् । त्यतिबेलाको समाजमा एकल महिला भएर सन्तान हुुर्काउनु कति कष्टदायी हुुन्छ ? भावुक मुद्रामा प्रस्तुति हेरिरहेकी राष्ट्रपतिलाई सम्झँदै मनोजको आमावाणी सुनिन्छ, ‘राष्ट्रपति र मेरो कथा उस्तैउस्तै छ नानी । उहाँ पनि एकल । म पनि एकल । तर, हाम्रो एउटाचाहिँ भिन्नता छ है नानी । सातवटा टुहुरा बच्चा एक्लै गरिब भएर हुर्काउनुु भनेको सविंधान बनाउनु जत्तिकै ठूलो लडाइँ हो नानी ।’
तत्कालीन समाजमा छोरी भएर, बुहारी भएर वा ‘विधवा’ भएर बाँच्न कति कठिन थियो ? उनको प्रस्तुति हेरिरहँदा छर्लङ्ग हुन्थ्यो, ‘बा सेतो साडी नलगाउन मिल्दैन ?’ तर बाले भने, ‘यो त तेरो सुरक्षाका लागि हो नानी ।’ आमाको कहानी सुन्ने र सुनाउनेबीचको समानता बगिरहेको आँसुमा भेट्न सकिन्थ्यो ।
करिब १८ मिनेटको ‘छोरी’ शीर्षकको प्रस्तुतिमा अन्तिममा मनोजकी आफ्नै आमा स्टेजमा आउँछिन् । उनले श्लोक गाउँछिन् । त्यो दृश्य झन् कारुणिक र हृदयस्पर्शी लाग्छ ।
आमाकै कथा आमालाई सुनाउँदा
सिस्नुपानी नेपालले सधैँझैँ यसपालि पनि फरक कार्यक्रम गर्दै थियो । मनोजलाई तीज विशेष कार्यक्रममा छोरीहरूको कथा भन्नुु थियो । ‘तल्लो तहदेखि राष्ट्रपतिसम्म भएका छोरीहरूको सङ्घर्षको कथा भन्नुु थियो । जसले एउटा बहस सिर्जना गरोस् । हृदयको केन्द्रसम्म पनि पुगोस्,’ मनोजले सोचे ।
सानैदेखि आमाको कथा सुन्दै आएका । आमाका जस्तै कथा हजारौँ आमाहरूको पनि देखिरहेका । मनोजले आमाको कथा भन्न १५ दिन आमासँग नजिकबाट बिताए । ‘८ दिनमा त दिनको १० घण्टा आमासँग बिताएँ, आमाको कथा सुनेँ,’ मनोजले भने ।
जब उनले आमाको कथामा शिल्प भरेर आमालाई नै सुनाए, इन्द्रमाया भक्कानिइन् । ‘यस्ता दु:ख त अझै धेरै छन्,’ आमाले रुँदै थप सुनाइन् ।
यसपटक आमाकै गेटअपमा देखिन मनोजले धेरै मिहिनेत गर्नुपर्यो । ‘म आमाजस्तै देखिन्छु । गेटअपमा त्यति समस्या भएन । आमाजस्तै गरी आमाको कुरा भन्नु थियो । यो चुुनौतीपूर्ण थियो,’ मनोजले भने, ‘त्यसमाथि पहिलोपटक महिलाको गेटअपमा गरेको हुनाले एक्साइटमेन्ट र कन्फ्युजन दुवै थियो । कस्तो अर्थ लाग्ला भन्ने डर पनि थियो ।’
आमाले लगाइरहेको कपडा र केहीचाहिँ उस्तै डुप्लिकेट खरिद गरेका थिए मनोजले ।
उनको अहिलेसम्मकै बेग्लै प्रस्तुतिको तारिफ सामाजिक सञ्जालमा भइरहेको छ । प्रस्तुतिका क्रममा कतैकतै मनोज नै हाबी भएका पनि छन् । त्यसमा भने मनोजको स्वीकारोक्ति छ, ‘समय पनि पुगेन । केही कमजोरीहरू महसुस गरेको छु ।’