नेकपा एमालेका नेता योगेश भट्टराईलाई यो निर्वाचनको टिकट पाउन नै सकस भएको छ। पार्टीभित्रै बाट भट्टराईले टिकट पाउनलाई सकस भएको छ। एमाले नेताहरु मध्ये राम्रै नेताको रुपमा चिनिने नेता भट्टराईलाई यो निर्वाचनमा भने गर्यो देखिन्छ।
तत्कालिन नेकपा हुँदा केपी शर्मा ओलीको विरोधमा उत्रिएका भट्टराईलाई ओली बद्ला लिन सक्ने नेताहरु बताउछन्। ओली प्रधानमन्त्री हुँदा २ पटकसम्म संसद विघटन गरेपछि भट्टराईसहित १० जना नेताहरु ओलीको विपक्षमा उत्रिएका थिए।
तत्कालिन पर्यटनमन्त्री हुँदा ओलीले संसद विघटन गरेपछि नेता भट्टराईले राजीनामा दिएका थिए। राजीनामापछि भट्टराई प्रचण्ड-माधव नेपाल समूहमा आबद्द थिए। मन्त्री पदबाट राजीनामा दिएका भट्टराईले नेकपा विभाजन हुनबाट जोगाउन धेरै प्रयास गरे।
तर सर्वोच्च अदालतले नेकपा अवैधानिक ठहर गर्दै एमाले र माओबादी केन्द्रलाई पुरानै घरमा फर्कन आदेश दिएपछि तत्कालिन नेकपा विभाजन भएको हो। त्यसपछि माधव नेपाल समुह पनि माओबादी केन्द्र अर्थात् प्रचण्डसंग छलफल गरेर आफ्नै पुरानै घर फर्के।
त्यसपछि पनि पटक-पटक ओली र नेपाल समूहबीच पार्टी एकताको लागि छलफल भेटघाट भयो तर ओली आफ्नै ढंगले अगाडी बढ्न नछाडेपछि माधव नेपाल एमालेबाट बाहिरिए। त्यसपछि प्रधानमन्त्री देउवालाई २० प्रतिशत भए पार्टी फुटाउन मिल्ने संविधान संसोधन गर्न लगाए उनले पार्टी फुटाए। त्यसपछि उनले नेकपा एकीकृत समाजवादी पार्टी खोले।
तर ओलीसंग पार्टीभित्र संघर्षसंग १० नेताहरुले साथ दिएका योगेश भट्टराई, भीम रावल, घनश्याम भुषाललगायत नेताहरु भने एमालेमै रहे। त्यसपछि पनि एमालेभित्र संघर्ष अर्थात् ओली विरुद्ध उत्रिएका नेताहरुलाई यो निर्वाचनमा निकट पाउन सकस देखिएका छन्।
ताप्लेजुङबाट २०७४ मा निर्वाचित एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईलाई अरु चार जनाले चुनौती दिएका छन् । भट्टराईसंगै तिलकुमार मेन्याङवो, पासाङ सेर्पा, रामप्रसाद सुवेदी र टङ्क आङवहाङ लिम्बुले पनि दाबी गरेका छन् ।
स्रोतका अनुसार ओलीले भट्टराईलाई भन्दा अरु नेताहरुलाई टिकट दिन संकेत गरेका छन् । भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी फराकिलो अन्तरमा बिजय हासिल गरेका थिए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए ।
२०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौं-६ बाट पराजय भोगेका भट्टराई २०७४ सालमा भने गृहजिल्ला ताप्लेजुङबाट चुनाव लडेका थिए ।