बिजय शाही भन्छन – अब देखि कहिलै डेमो देखाउँदिन

Spread the love

काठमाडौं । केही समय अगाडि सामाजिक सञ्जालमा अद्भूत कलाको डेमो देखाएर चर्चामा आएका विजय शाही अहिले रुदै मिडियामा आएका छन् ।विजयका अनुसार मैले युबट्युब, टेलिभिजन लगाएत थुप्रै माध्यमबाट डेमो देखाउँदै आए तर उक्त डेमो नेपालीलाई पचेन, पत्याउनु पनि भएन त्यसकारण धेरै विवादमा फसे ।

मलाई मर्यो समेत भनेर हल्ला गरियो । धेरै मजाकको पात्र नेपालीहरुले बनाउनुभयो । ९–१० करोड विजयले कमायो पनि भन्नु भयो र फोटो बनाएर सामाजिक सञ्जालमा मलाई मृत घोषित गरिदिनुभयो । थुप्रै गतिविधिहरु गर्नु भयो मेरो कसैले वास्तविकता बुझ्नु भएन त्यसले गर्दा मेरो आमा डिप्रेशनमा समेत जानुभयो ।

मपनि अत्यन्तै कठिन समयमा गुज्रिए । अब कसैलाई डेमो नदेखाउने बाचा गर्दछु उनले भनेका छन् ।आमाले नै छोरा डेमो नदेखाउँ यदि तिमीले किताबको डेमो देखायौँ भने मेरो डिप्रेशनले गर्दा मृत्यु समेत हुन सक्छ भने पछि मेरो क्षमता आमाको लागि भएपनि कसैलाई नदेखाउने स्पष्ट पार्न चाहान्छु उनले भने ।

आफूमा भएको क्षमता देखाउँन नपाउँदा दुःख लागेता पनि आमाको लागि यस्ता थुप्रै क्षमता पनि त्याग्न सक्ने उनको भनाइ रहेको छ ।यस्तो अवस्था आउनुको कारण आफ्नो क्षमतालाई कसैले नपत्याउनु रहेको शाही बताउँछन् । अब आउँदो जीवन आफ्नै तरिकाले बाँँच्ने विजयले बताएका छन् ।

याे पनि ः

पूर्वयुवराज्ञी हिमानीले साहले देश निर्माणमा सबै एकजुट भएर लाग्न ढिला त भइसकेको छैन भनेर प्रश्न गरेकी छन् ।

हाल हिमानी ट्रस्टको कार्यक्रमका लागि अष्ट्रेलियामा रहेकी साहले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै यस्तो चिन्ता व्यक्त गरेकी हुन् । सामान्यतया राजनीतिक अभिव्यक्ति नदिएकी उनले आज भने भिडियोमा देशले राजनीतिक अस्थिरताले जटिल परिस्थिति भोगिरहेको उल्लेख गरिन् ।

अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीलाई वडादसैंको अवसरमा शुभकामना दिँदै हिमानीले आज देशलाई पौरखी हात र साथको आवश्यकता रहेको बताइन् ।

उनले विदेशमा रहेका नेपालीहरुलाई त्यहाँ सिकेका सीप र ज्ञानलाई नेपालमै खर्च गर्ने बेला आएकोसमेत औंल्याएकी छन् । देशलाई कर्मठ जनशक्तिको आवश्यकता रहेको बताउँदै उनले हामीले नगरे कसले गर्ने ? र अहिले नगरे कहिले गर्ने ? भन्दै प्रश्न गरेकी छन् ।

यस्तो छ उनको भिडियो सन्देशः

मुटुभरी देशको माया हुँदाहुँदै पनि छातीमा देशको माया सजिए तापनि विदेशी कर्मभूमिमा बसेर पसिना भोग्नुपर्ने तपाईं हाम्रो बाध्यता हो । जन्मभूमिलाई कर्मभूमि बनाउन नसक्नु धेरै कारण हुन सक्दछ । अनि थोरैका रहर र धेरैको बाध्यता हुन सक्दछ । जन्मभूमि नेपाल, यहाँको माटोमा मिठो सुगन्ध छ ।

सौन्दर्य छ, मौलिक संस्कृति छ, अनि आफ्नै अस्तित्व र प्रतिष्ठा छ । आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र पहिचान छ । विविधतामा एकता भएको हाम्रो देश नेपालले अहिले अस्थिर राजनीतिक परिस्थितिको सामना गरिरहेको छ । गौरवशाली वीरहरुको, सगरमाथाको अनि गौतम बुद्धको देश नेपाल आज अनेकौं विषम र जटिल परिस्थितिमा फँसेको हामीमाझ स्पष्ट छ । हामीले नगरे कसले गर्ने ? र अहिले नगरे कहिले गर्ने ?

तसर्थ आज देशलाई कर्मठ जनशक्तिको आवश्यकता छ । विकसित राष्ट्रियहरुको रुपमा उभिएको नेपाललाई आज पौरखी हात र साथको आवश्यकता छ । अब विदेशमा पढेको ज्ञान र सिकेको सीप आफ्नै देशमा खर्चने बेला आएको छ । आज सबै एकजुट भएर हातेमालो गर्दै देश निर्माणमा लाग्न ढिला त भइसकेको छैन ? भन्ने आह्वानका साथ सबैलाई सोच्ने आग्रह गर्दछु ।

हाम्रो चाडबाडले सजिएको सुन्दर देशको एक ठूलो पर्व वडादसैंको अवसरमा अस्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर रहनुभएका समस्त नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनी एवम् यस हिमानी कोष अस्ट्रेलिया र अमेरिकाका च्याप्टरका सम्पूर्ण सदस्यहरुलाई माता भवनी सधैं आशीर्वाद दिउन् भन्ने शुभेच्छाका साथ समृद्धि, आयु र आरोग्यको लागि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु धन्यवाद ।