काठमाडाैं । एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिँदा लगाइएको हत्कडीको विषय सामाजिक सञ्जालमा बहसको विषय बनेको छ ।
उनी अपारधी सावीत भइ नसकेको समयमा प्रहरीले हत्कडी लगाउन गलत भएको भन्दै सामाजिक सञ्जालमा बहस सुरु भएको हो । नेपाली क्रिकेटरले हरेक अन्तर्राष्ट्रिय सफलतापछि स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा सयौँ समर्थक बाजागाजासहित एयरपोर्ट पुग्ने गर्थे।
खादा र मालाको सामानसहित स्वदेश फर्किँदाको गौरवपूर्ण अनुभव पछिल्लो समय सन्दीपले जति कसैले पनि भोगेका छैन। तीनै सन्दीप प्रहरीमा परेको किशोरी बलत्कार उजुरीपछि बिहीबार विमानस्थल उत्रिदा भने फरक अवस्थाबाट गुज्रिए।
उनको हातमा हत्कडी थियो । उनले प्रहरीलाई हतकडी नलाउन आग्रह गर्दै पत्र पठाए पनि प्रहरीले नियमानुसार उनलाई हतकडी त लगायो। तर उनको हतकडी रुमालले छोपियो। सेतो ट्रयाकसुटमा एयरपोर्ट झरेका सन्दीपको अनुहारमा कुनै कान्ति थिएन।
उनलाई सिधै प्रहरीले नियन्त्रणमा लियो । सायद यो अनुभव भोगाईपनि सन्दीपका लागि फरक रह्यो । यस विषयमा पत्रकार शिवराज ढुंगानाले प्रहरीले आत्मासमर्पण गरीसकेका लामीछानेलाई प्रहरीले हत्कडी लगाउनु नै ठुलो सफलता प्राप्त गरेको भन्दै ब्यङ्ग्यात्मक प्रहार गरेका छन् ।
यसै गरी पत्रकार चिरीन्जीवी पौडेलले एउटा अन्तराष्ट्रिय आतंकबादीलाई गिराफ्तर गरे जसरी सरकारले पुरुषर्थ देखाएको बताएका छन् । पत्रकार पोडेल आफ्नो फेसबुकमा लेखेका छन्, ‘मानौ कुख्यात अन्तर्राष्ट्रिय आतंकवादीलाई फेला पारेको भन्दा चर्को तुजुक देखायो प्रहरीले ।
यही एयरपोर्टबाट ३३ किलो सून तस्करी हुँदा थाहा नपाउने पुलिसले आत्मा समर्पण गरेका सन्दिपलाई पक्राउ गर्दा हत्कडी लगाएर पुरुषार्थ देखाएकाे भन्दै अगाडी लेखेका छन्- यही एयरपोर्टबाट ३३ किलो सून तस्करी हुँदा थाहा नपाउने पुलिसलाई आफै आत्मसमर्पण गर्न भनेर विदेशबाट आएका सन्दीप लामिछानेलाई विमानस्थलमै हत्कडी लगाएर आफ्नो पुरूषार्थ नदेखाई भएन। हुन त देशको कानूनै खराव भएपछि कसको के लाग्छ ।’
त्यस्तै गरी गौरव दाहालले मदन भण्डारी, निर्मला पन्त देखी ३३ किलो सुन तस्करलाई छाड्न सक्ने सरकाले सन्दिपलाई हत्कडी लगाएर पुरुषर्थ देखायो भन्दै लेखेका छन् भने पत्रकार अर्जुन आचार्यले पनि हत्कडी लगाइएकाेमा दुःख लागेकाे बताएका छन् ।
कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई प्रहरलिे नियन्त्रणमा लिएको थियो । सन्दिपलाई हत्क८ी लगाइएकाे विषयमा समािजक सञ्जालमा विराेध भइ रहेकाे छ ।
याे पनि ः
बुटवल । रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो ।
लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । कारको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले बताए ।
चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् ।
तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत थिइन् । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा उनी दुर्घटनामा परेकी थिइन् ।
यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।
भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।
गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।
तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।
अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ।