उजुरी दिने ब्यक्तिको परिचय खुल्यो ?

Spread the love

लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी दिने किशोरी १७ वर्षकी छिन् । नुवाकोट स्थायी घर भएकी उनी राजधानी स्थित बागबजारमा अध्ययनरत छिन् । सन्दीप लामिछानेसँग नजिक रहेकी एक किशोरिको साथी समेत रहेको बाहिरी चर्चा छ ।

उजुरी किशोरीका अभिभावक स्वयमं आएर दिइएको पाइएको छ । जा हेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा सो प्रकरण भएको भनिएको छ ।

५ भाद्रमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा सन्दीपले घुमाउन लगेको र ६ भाद्रको साँझ गौशालास्थित होटलमा लगेको उजूरीमा उल्लेख छ ।

उनीहरु दुवै उक्त होटलको ३०५ नम्बर कोठामा बसेका थिए । यता, सन्दीप ६ भदौकै दिन केन्याविरुद्ध ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला खेल्न केन्या उडेका थिए ।

अहिले लामिछानेले आफू निर्दोष रहेको बयान दिएका छन्।