‘प्रेमगीत ३’को हिन्दी डबलाई चलचित्र विकास बोर्डबाट सहयोग नमिलेको भन्दै अभिनेता प्रदीप खड्काले अध्यक्ष भुवन केसीको राजीनामा नै मागेका थिए ।
यसपछि प्रदीप र भुवनबीच शितयुद्ध नै सुरु भएको छ । उनले केसीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउनुका साथै दिमाग नभएको मान्छे समेत भने । यतिबेला भुवन प्रदीपले लगाएका हरेक एक आरोपको जवाफ दिँदै हिँडेका छन् ।
उनले आफ्नो आधिकारिक टिकटक एकाउन्टमा सोमवार एउटा भिडियो पोस्ट गर्दै ‘प्रेमगीत ३’ बाहेक कुन फिल्म चलेको छ भन्दै प्रदीपलाई प्रश्न गरेकी छन्।
यस्तैमा, भुवनकी अघोषित श्रीमती तथा अभिनेत्री जीया केसी पनि प्रदीपको कटाक्षमा उत्रिएकी छन् । उनले भनेकी छन्, ‘भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नहुँदा ‘प्रेमगीत ३’ हिरोको सबै फिल्म हिट रैछ ? अचम्म लाग्छ ।’
जीयाले ‘प्रेमगीत’ सिरिजबाहेक प्रदीप खड्काको हिट फिल्मको नाम आफूलाई सुन्न इच्छा लागेको बताएकी छन् । एक अन्तर्वार्तामा भुवन केसीले पनि ‘प्रेमगीत’ सिरिजबाहेक अरु फिल्म नचलेको दोष पनि मेरै हो र भन्दै प्रदीपलाई प्रश्न गरेका छन् ।
प्रदीपले भुवन केसीलाई बोर्डबाट हटाउन सक्ने चेतावनी समेत दिएका थिए । यसको जवाफमा भुवनले आफूलाई हटाउन चुनौती दिएका छन् ।
‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्मसरह सुविधा दिने वा नदिने भन्ने विषयमा लामो समय विवाद चर्किएको थियो ।
हिन्दी डब भएकाले बोर्ड नेपाली फिल्मसरह सुविधा दिने कुराको विपक्षमा थियो भने निर्माण टिम ‘प्रेमगीत ३’ नेपाली फिल्म भएको भन्दै १५ प्रतिशत कर छुटको अडानमा थियो । यही विषयमा प्रदीपले अग्रजको आदर पनि नगरी केसीविरुद्ध आगो ओकलेका थिए ।