दुईवटा जन्मदर्ताको विषयमा सन्दीपका वकिल यसो भन्छन्..

Spread the love

काठमाडौं । ब,लात्कार आरोपमा प,क्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेका वकिल सरोजकृष्ण घिमिरे पी,डित भनिएकी किशोरीको दुई वटा जन्मदर्ता भएको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताएका छन्।

सन्दीपलाई दोस्रो पटक अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेपछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै त्यस विषयमा अनुसन्धान भइरहेको बताएका हुन्। उनले प्रहरीले सन्दीपको आधाजसो बयान लिने काम सकाइसकेको समेत बताए। उनले भने, ‘संवेदनशिल मुद्धालाई चाँडै टुंग्याउनुपर्छ भनेर सबै लागिराख्नुभएको छ। प्रहरीले ३ दिन माग गरेको थियो। ३१ गतेसम्म हामीले सबै काम सक्छौँ भनेर लागेका छौँ। अदालतले अनुसन्धानलाई छिटो सक्नु भन्नुभएको छ।’

बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता
नेपालगञ्ज, २७ असोज । प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन् ।

बाँके क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ । क्षेत्र नम्बर–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार हुनुहुन्छ । क्षेत्र नम्बर–१ का प्रदेशसभाका उम्मेदवार उग्रसेन यादव र विक्रम यादव, क्षेत्र नम्बर–२ का प्रदेशतर्फ स्वतन्त्र उम्मेदवारद्वय राजेन्द्र कँडेल र विनयचन्द्र गुप्ता, क्षेत्र नम्बर–३ को प्रदेशसभा सदस्य उम्मेदवार जाकिर हुसैन, दीपक जीएम, इन्द्रबहादुर थापा, राजकुमार ढकाल र सन्तबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधिसभा र प्रदेशमा गरी नौ जना निर्वाचित हुनेछन् । यसका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।