सामाजिक अभियन्ता ज्वाला संग्रौलाले (माओवादी केन्द्र) का युवा नेता तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’लाई शिक्षकको ह’त्या गर्दा, दूध चुसाउदै गरेकी आमाको कन्चटमा गोली ठोक्दा तपाइको चित्त दुखेन भनेर प्रश्न गरेकी छिन् ।
आज महानगरले ठेला उठाएको बिषयमा दीपशिखाले ठेलावाला दिदीको भिडिओ सेयर गर्दै लेखेका थिए,” बालेन यस्तो देख्दा तपाइको चित्त दुखेन?” त्यसको प्रतिप्रश्नमा ज्वालाले त्यस्तो प्रश्नमा सोधेकी हुन् ।
सामाजिक संजालमा एक लेख लेख्दै अभियन्ता संग्रौला लेख्छिन: दीपशिखा कमरेडलाइ मेरो प्रस्न:
-“विद्यालयमा पढाइरहेका शिक्षक लाई कक्षाकोठाबाट घिसार्दै जनयुद्धको हवाला दिएर रुखमा डोरीले बाधेर हात खुट्टा भाचेर ,तड्पाइ तड्पाइ छातीमा गोलि हानेर निर्मम हत्या गर्दा तपाइको चित्त दुखेन?”
– समाचार लेखेकै आधारमा पत्रकार डेकेन्द्र राज थापालाइ बन्दुकको कुजाले टाउको र पेटमा हानेर घाइते पारी ज्युदै गाड्दा तपाइको चित्त दुखेन?”
– माओबादिका घाइते योदाहरुको कुहिएको घाउमा सधै औषधि लगाइदिने रामेछाप दोरम्बाकि स्वयंसेविका कान्छीमाया तामाङलाई सेनाको सुराकी गरेको आरोपमा रातको १२ बजे सानी छोरीलाइ दूध चुसाउदै गरेको सुत्केरी अवस्थामा नानीको मुखबाट दूध छुटाएर घिसार्दै अलि माथी डाडामा लगेर कन्चटमा गोली ठोक्दा तपाइको चित्त दुखेन?छोरीको अन्तिम पटक मुख हेर्छु भन्दै मर्नु अघि उनी रुदा तड्पिदा , अलापबिलाप गर्दा तपाइको चित दुखेन?”
– धर्मकर्म अफिम हो भन्दै मन्दिरमा पुजा गरिरहेका निर्दोश पुजारीलाइ हातमा रातो अवीर र फूलले भरिएको पुजाको थाली सहित मन्दिर बाट थुतेर तरबारले निर्मम काट्दा तपाइको चित्त दुखेन?
– गङ्गामाया अधिकारीको बिधालय गएको कलिलो छोरोलाई बारीको डिलमा लगेर कुटी कुटी हत्या गर्दा तपाइको चित्त दुखेन?ती गङगामाया र उनका श्रीमान नन्दप्रसाद अधिकारी आफ्नो छोराको हत्यारालाइ सजाय दिनु भनी आमरण अनसन बसे! अनसन बसेरै नन्दप्रसाद अधिकारीले प्राण त्यागे!
बर्सौ भयो उनी मरेर गएको तर अहिले पनि उनको लास शिक्षण अस्पतालको ११६ नम्बर फ्रीजमा छोराको न्याएको पर्खाइमा हिउँ जस्तै जमिरहेको छ! गङगामाया अझै न्याय पाउने आशामा वीर अस्पतालमा आफ्ना छोरा र श्रीमानको फोटो भितामा टासेर आफ्नो मृत्यु कुरिरहेकी छिन! यस्तो देख्दा तपाइको चित्त दुख्दैन? जबाफ कहिले दिनुहुन्छ कमरेड?