देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाउने सरकारको निर्णय

Spread the love

काठमाडौं :

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरिएकोँे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभरका सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।

आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएर एक जना खेलाडीको मृत्यु भए पछि प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा भएको समस्यालाई ध्यानमा राखेपछि मात्र उडान सुरु गर्ने बताइएको छ