काठमाडौं । गायिका समिक्षा अधिकारीले भर्खरै मात्र आफ्नो टिकटक भिडियोमा पल शाहको फोटो टाँसेकी छिन् । यसले उनले अभिनेता पल शाहलाई भुल्नै सकेकी छैनन् भन्ने देखाउँछ ।
स्टुडियोमा बसेर समिक्षाले तपाई कुन नेपाली कलाकार जस्तो हुनुहुन्छ ? भन्ने टाइटलको टिकटक इफेक्ट चलाउँछिन् । त्यस क्रममा अधिकांश चलेका कलाकारहरुको तस्वीर तास फिटिए जस्तै फिटिन्छ ।
अन्तिममा अभिनेता पल शाहको तस्वीर रोकिन्छ । तपाई पल शाह जस्तो देखिनुहुन्छ भन्ने त्यो इफेक्टको ठम्याई थियो । त्यसपछि समिक्षाले आफू चकित भएको जस्तो रियाक्शन दिन्छिन् । मुसुक्क हास्छिन्पनि । पल शाहलाई जिस्क्याए जस्तो रियाक्टपनि उनको आउँछ ।
यो र्याण्डम नेपाली एक्टर्सबाट आउँछ । पल शाह नै आएपछि उनले त्यो भिडियो पब्लिक नगर्नपनि सक्थिन् । तर लाईभ रियाक्शन सहित उनले त्यो भिडियो टिकटकमा पोष्ट गरिदिइन् । त्यसपछि कमेण्टमा गाली र ताली दुबैको ओइरो लाग्न थाल्छ । गाली गरेका कमेण्टहरु फटाफट डिलिट गरेर समिक्षाले कमेण्ट लिमिट गरिदिइन् ।
राखिएका १६ वटा कमेण्टमा लभ यू वोथ बन्ने र केही सांकेतिक मात्र छन् । उनले यो भिडियो यो समाचार तयार पार्दा भन्दा दुई दिन पहिले अपलोड गरेकी हुन् । अपलोड गरेको दुई दिनमा नै ४.१ एम भ्यूज आइसकेको छ ।
यसले समिक्षाले अझैपनि पललाई विर्सिन सकेकी छैनन् भन्ने देखिन्छ । पल र समिक्षाले धेरै वटा गीत सँगै गरेका छन् । समिक्षाले गायका केही गीतमा पलले मोडलिङ गरेका छन् ।
समिक्षाले गीतमा स्वर भर्नुका साथै केहीमा आफै अभिनय समेत गरेकी छिन् । पल शाह अहिले सार्वजनिक अपराधको कसूरमा जेल जीवन विताइरहेका छन् । समिक्षा फेरी सांगीतिक दुनियाँमा फर्किदै छिन् ।
यो पनि :
शुक्रवारदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘नालापानी’ हेर्दा हेर्दा एकदमै जोस जाँगर जागृत भएको प्रतिक्रिया दर्शकहरूले दिएका छन् । उनीहरूले मातृभूमिको रक्षाको लागि प्राण त्याग्न तयार वीर नेपालीहरूको गौरवगाथा फिल्ममा हेर्न पाउनु अहोभाग्य रहेको बताएका छन् ।
शुक्रवार विभिन्न हलहरूमा फिल्म हेरेका दर्शकहरूले बलभद्र जस्ता महान् योद्धाहरूको कारण आज हामीले सार्वभौम सम्पन्न नेपाली भनेर गर्व गर्न पाइरहेको महसुस गरेको बताए ।
त्यस्तै, शुक्रवार साँझ काठमाडौँमा अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, कलाकार निर्मल शर्मा तथा फिल्मको टिम र पत्रकारहरूले ‘नालापानी’ हेरेर प्रतिक्रिया दिएका छन् । अभिनेता रमेश उप्रेतीले यदि हामी सच्चा नेपाली हौँ र हाम्रा वीर पुर्खाहरूको योगदानलाई सम्मान गर्न चाहन्छौँ भने हामीले एक पटक यो फिल्म हेर्नुपर्ने बताए ।
जसले नेपाली भनेर गौरव महसुस गर्नुहुन्छ, सबैले हेर्नुपर्ने उनको भनाई थियो । उप्रेतीले हामीले पुस्तकमा पढ्दा थाहा नभएका कैयन कुराहरू पनि यो चलचित्रमा देख्न सकिने बताए ।
निर्देशक दीपाश्री निरौलाले आफूले मुटु दह्रो बनाएर यो फिल्म हेरेको बताइन् । ‘ऐतिहासिक कुराहरूलाई फिल्ममा ल्याउन र यसलाई हलमा बसेर हेर्न पनि दह्रो मुटु चाहिन्छ । यसलाई व्यापक बनाउन आफूले साथ दिनेछौँ’, उनले बताइन् ।
अभिनेता दीपकराज गिरीले यो फिल्मलाई आँखाले नभई मनले हेर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो यति गर्विलो इतिहास हुँदा हुँदै पनि हामीले चाहेको जसरी ती कथाहरूलाई पर्दामा देखाउन सक्दैनौँ । यो फिल्मको निर्माणपक्षले त्यो प्रयास गरेको छ जुन अत्यन्त दह्रो इतिहास बनेर बसेको छ ।’
निर्देशक उज्ज्वल घिमिरेले फिल्मले नालापानी युद्धको कथा पूर्ण गरेको बताए । निर्माता अशोक शर्माले नेपालमा बनेका थुप्रै ऐतिहासिक फिल्महरू भन्दा यो फिल्म धेरै राम्रो बनेको उल्लेख गरे । उनले भने यो फिल्मलाई मनोरञ्जनको रूपमा मात्र हेरिनु नहुने जिकिर गरे । उनले भने, ‘आज हामी नेपाली भनेर बाँच्ने आधार कसरी बनेको थियो भन्ने थाहा पाउन हरेक नेपालीले यो फिल्म हेर्नैपर्छ ।’
कलाकार निर्मल शर्माले आफूले तीन पटक यो फिल्म हेरेको बताए । उनले एक नेपाली हुनुको गर्व, राष्ट्रियताको कुरा र आफ्नो भूमि रक्षाको लागि त्यो समयमा नेपाली सेना र बलभद्रले गरेको साहसलाई बिर्सन नदिने गरी यो फिल्म बनेको हुँदा पाठ्यक्रमको एउटा सामग्रीको हिसाबले राखिनुपर्ने विचार राखे ।
नेपाल अङ्ग्रेज युद्धका बडाकाजी अमरसिंह थापाको भूमिका निर्वाह गरेका अभिनेता अर्जुनजंग शाहीले यस फिल्ममा निर्देशक रिमेश अधिकारीको मेहनतको प्रशंसा गरे । अभिनेत्री पुजना प्रधानले दर्शकले आफ्नो इतिहास भनेर हेरेको र अत्यन्त मन परेको प्रतिक्रिया पाएको बताइन् ।
ब्रिटिस सेनाका क्याप्टेन बनेका अभिनेता विशाल पहारीले यो फिल्म हेर्दा त्यो पात्र आफू नै हो भन्ने महसुस नै नगरेको बताए । उनले भने, ‘फिल्म हेरिरहँदा आफैले निभाएको पात्रलाई साँच्चिकै दुस्मनको रूपमा देखेँ । फिल्म हेर्दा हेर्दै खुकुरी भएको भए पर्दामा नै हानौंजस्तो महसुस भयो ।’ निर्देशक अधिकारीले दर्शकले एकदमै रुचाएको प्रतिक्रिया दिए । उनले आफूले फिल्म बनाएर बोल्नुपर्ने सबै बोलिसकेको र सबै नेपालीले हेर्नुपर्ने बताए ।
यो पनि :
पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ।
नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो। कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए।
मासिक रुपमा विद्यार्थीहरुलाई दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताए। यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास रहेको उनले बताए। यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ।
एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ। सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरुलाई भने नदिइने नगरप्रमुख जोशीले बताए। रासस
यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।
भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।
गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।
तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।
अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ।