काेही पनि मान्छे भोकै सुत्न नपरोस्, नाङ्गै हिँड्न नपरोस् : गायक अमृत गुरुङ

Spread the love

नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङले कोही पनि मान्छे भोकै र नाङ्गै बस्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको बताएका छन् ।

मानव सेवा आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा आउँदो मङ्सिर १६ गतेदेखि देशका प्रमुख १० सहरमा सुरु गर्न लागेको महिनाव्यापी साङ्गीतिक यात्रा (नेपथ्य लाइभ कन्सर्ट) को पूर्वसन्ध्यामा आज बिहीवार आश्रमको काठमाण्डौ शाखा रानीवनमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक गुरुङले मानवीय सेवाका लागि आफू सम्पर्क सेतु भएर काम गर्न तयार रहेको बताएका छन् ।

‘हामी एउटै अनुरोध गर्न सकौँ कि कुनै पनि मान्छे भोकै सुत्न नपरोस्, कुनै पनि मान्छे नाङ्गै हिँड्न नपरोस्’, उनले भने । मानव सेवा आश्रममा संरक्षित बेसहाराहरूको भोजन सेवामा सरिक हुँदै उनले आफू त्यसका लागि निमित्त वा सेतु भएको तर आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने जिकिर गरे ।

‘काठमाण्डौ उपत्यकामा ३५४० लाख मान्छे बस्छन् होला तर ३५ जना मान्छे यो किसिमको भावना र सेवाका निम्ति आउन गाह्रो पर्ने ठाउँ हो, आश्रमले जुन तरिकाले काम गरिरहेको छ यहाँहरूलाई नमन छ, यहाँहरूको उद्देश्यलाई हामी होस्टेमा हैंँसे गर्दै जाने प्रयास गर्नेछौँ’, गायक गुरुङले थपे ।

उनले आश्रमले देखाएको बाटोमा आफूहरू हिँड्न कोसिस गर्ने प्रतिबद्धता पनि जनाए । मानवीय कार्य अघि बढाएकोमा आश्रमलाई धन्यवाद दिँदै गायक गुरुङले आश्रित बेसहाराहरूतर्फ फर्किएर भने, ‘छिट्टै हामी मिलेर साङ्गीतिक कार्यक्रम गर्दैछौँ, हामीहरूलाई आशीर्वादको धेरै आवश्यकता छ, हामीलाई आशिष दिनुहोस्, तपाईँहरूका निम्ति हामी अरू धेरै काम गर्न सकौँ ।’

आश्रमका प्रमुख संरक्षक संस्कृतिविद् डा. गोविन्द टण्डनले साङ्गीतिक माध्यामबाट विभिन्न सामाजिक अभियानमा लाग्नुभएका वरिष्ठ गायक अमृत गृरुङले मानव सेवा आश्रममै आएर सेवालाई प्रत्यक्ष अवलोकन गरी सेवाको अनुभूत गरेकामा खुसी व्यक्त गर्नुभयो ।

मानव सेवा आश्रमले मानवताका लागि अभियान चलाउँदै आएको र यो साङ्गीतिक कार्यक्रमले मानवता प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने उहाँको विश्वास छ । मानव सेवा आश्रमको निर्माणाधीन भवनहरू सम्पन्न गर्न र आश्रमको सेवालाई चुस्त बनाउने उद्देश्यले स्थापना गर्न लागिएको अक्षयकोषका लागि आश्रमले नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागेको हो ।

नेपथ्य लाइभ कन्सर्ट विराटनगरमा मङ्सिर १६ गतेदेखि सुरु भइ काठमाण्डौमा पुस १६ गते समापन हुनेछ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा कार्यक्रम गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

यस्तै पुस ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम कार्यक्रमको रूपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात न्यु इयर इभ को दिन पुस १६ गते काठमाण्डौको भृकुटीमण्डपमा हुनेछ ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ

आफ्नी पत्नी बबिता बानियाँ (जेरी)विरुद्ध शंकर क्षेत्रीले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद (डिभोर्स)सम्बन्धी मुद्दा दर्ता गरेका छन् । लोकदोहोरीमा चर्चित यो जोडीको डिभोर्सको तयारीको खबरलाई शुभचिन्तकहरुले चासो र चिन्ताका साथ हेरिरहेका छन् ।

मुद्दा दर्ता भए पनि उनीहरुबीच डिभोर्स भने भइसकेको छैन । यसैबीच, गायक शंकर क्षेत्रीले आफूहरूको दाम्पत्य जीवनबारे मिडियामा धारणा राखिरहेका छन् । सो क्रममा उनले आफूहरूको विचार नमिल्दा डिभोर्सको निर्णयमा पुगेको बताएका छन् ।

यद्यपि, आफूहरू छुट्टिनुपरोस भन्ने अवस्थामा आफू नरहेको उनले बताएका छन् । ‘आफ्नो श्रीमती हो, छोरी छ । सकभर उहाँहरूसँग छुट्टिनुपरोस भन्ने मलाई पनि छैन ।

परिस्थितिले त्यस्तो अवस्थामा लग्यो । विचारहरू मिलेन । विचारहरू नमिल्दै जाँदा जहिले पनि झै–झगडा हुन थाल्दा कहिलेसम्म नराम्रो हुने त भन्ने महसुस भएर निर्णय लिएको हुँ’, शंकरले भनेका छन् ।

आफूले नै डिभोर्स चाहेको भन्न नहुने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘म मिल्न पनि चाहान्छु । कसैको श्रीमती भइसकेपछि, बच्चाको आमा भइसकेपछि, कुनै घरको बुहारी भइसकेपछि उहाँको पनि केही दायित्वहरु हुन्छन् होला । केही कर्तव्यहरू हुन्छन् होला । ति कुराहरुलाई मनन् गरेर अझै पनि उहाँ मिल्छु भनेर आउनुहुन्छ भने म मिल्न तयार छु ।’

शंकरले भनेअनुसार ‘जेरी’ केही महिनायता लगातार माइतमा बस्दै आएकी थिइन् । उक्त कुराले पनि आफूहरूको सम्बन्धमा चिसोपना ल्याएको शंकर बताउँछन् । अझै पनि मिलेर जाऔँ भन्ने आफ्नो चाहाना रहेको उनको भनाइ छ । शंकरले आफ्नो भनाइहरू सार्वजनिक गरिरहँदा बबिता भने मौन देखिएकी छन् ।

शंकर र बबिता ‘लाइभ दोहोरी’बाट चर्चामा आएका हुन् । उनीहरूले पाँच वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । उनीहरूको दुई वर्षीया एक छोरी छिन् । आफ्नो जीवन संघर्ष, जेरीसँगको प्रेम, विवाह र डिभोर्सको तयारीबारे शंकरको बयानका मुख्य अंश यस्ता छन् :

म निकै संघर्ष गरेर यहाँसम्म आएको हुँ । एसएलसीपछि क्याम्पस पढ्न काठमाडौं आएँ । तर, पैसा थिएन । रेस्टुरेन्टमा भाँडा माझ्ने, पीठो मुछ्ने काम गरें । त्यसपछि दुईवटा घरमा घरेलु कामदारको रुपमा पनि काम गरें । पछि साथीभाइको सल्लाह र सल्लाहमा वैदेशिक रोजगारीका लागि गएँ ।

म वैदेशिक रोजगारीका लागि आबुधावीमा रहँदा उहाँसँग फेसबुकबाट चिनजान भयो । मेरो त्यहाँ राम्रै थियो, ५०-६० हजार रुपैयाँ कमाउँथे । तर, मलाई कलाकारितामा रुचि थियो । उहाँले मलाई नेपाल फर्केर कलाकारितामा संघर्ष गर्न सुझाव दिनुभयो । मिलेर काम गर्ने प्रस्ताव गर्नुभयो ।

म आफ्नो भिसा सकिएपछि नेपाल फर्किएँ । उहाँसँग भेट भयो । उहाँलाई तपाईं मलाई मनपर्‍यो, राम्रो लाग्यो भन्नुभयो । मैले चाहिँ फेसबुकमा कुरा गरेको भरमा माया हुँदैन, एक-अर्कालाई बुझ्दै जाउँ भनेको थिएँ ।

तर, उहाँले जबरजस्ती नै गर्नुभएको हो । मेरो माया नपाए आत्महत्या गर्छुसमेत भन्नुभयो । यसरी मरिहत्ते गरेपछि मैले पनि उहाँलाई माया गर्न थालेको हुँ । भनिन्छ नि, आफूले माया गर्ने मान्छेभन्दा आफूलाई माया गर्ने मान्छेको कदर गर्नुपर्छ ।

मैले प्रेम सम्बन्ध स्वीकार नगर्दा पनि उहाँ मेरो रुममा बारम्बार आउनुहुन्थ्यो । मलाई अप्ठेरो लाग्थ्यो । यसरी रुममा आइराख्नु हुँदैन, आफ्नै ठाउँमा बस भन्थें । उहाँ चाहिँ होइन म त तपाईंलाई माया गर्छु, अलग्गिएर किन बस्ने भन्नुहुन्थ्यो । एकदमै जिद्दीपन देखाउनुभो । अनि मलाई पनि विस्तारै साँच्चै माया नै गर्दोरहेछ भन्ने फिल भयो ।

मसँग भेट भएका वेला उहाँ कतै पनि चर्चामा हुनुहुन्नथ्यो । महिनाको १० हजार तलब लिएर दोहोरी साँझमा गीत गाउनुहुन्थ्यो । मलाई पनि दोहोरी साँझमा जाउँ भन्नुभयो । ल हुन्छ भनें । उहाँले नै चिनेको ललितपुरको एउटा दोहोरी साँझमा काम लगाइदिनुभो ।

उहाँ चाहिँ ठमेलको फेवा रोदी क्लवमा काम गर्नुहुन्थ्यो । पछि ललितपुर काम गर्न टाढा भयो भनेर मैले चेञ्ज गरें । उहाँले मलाई सँगै काम गर्ने भनेर फेवामा लैजानुभयो । तर, त्यहाँ गुटबन्दी रहेछ । दुवैलाई एकसाथ नराख्ने भनेपछि दुवैले काम छोडेर अरु दोहोरीमा गयौं ।

हामीले मिलेर नै धेरै संघर्ष गर्‍यौं । म आफ्नो रुममा, उहाँ आफ्नो रुममा बस्ने गर्थ्यौं । तर, उहाँलाई धेरैजसो मसँगै बस्न मन पर्दोरहेछ । आफ्नो रुममा नगएर बारम्बार आफैं मेरो रुममा आउनुहुन्थ्यो । एकतर्फी रूपमा माया गर्छु भनेर मरिहत्ते गर्नुभयो । ठीकै छ, आफूलाई चाहने मान्छेको मन दुःखाउनुहुँदैन भनेर मैले पनि माया देखाउन थालें ।

केही समयपछि हामी सँगै बस्न थाल्यौं । २/३ वर्ष लिभ इनमा बस्यौं । उहाँ एकदम अल्छी मान्छे हुनुहुन्छ । मैले धेरै ‘इन्करेज’ गर्ने गर्थें । तिमीले अल्छी गर्नु हुँदैन भनेर काम गर्न प्रेरित गर्थें । पर्दाखेरी आर्थिक रुपमा पनि सहयोग गर्थें । मेरै सहयोग र प्रेरणाका कारण उहाँ अघि बढ्नुभयो र अलिअलि दर्शकले चिन्न थाल्नुभो ।

उहाँलाई गाईजात्रामा ल्याउन मेरो धेरै ठूलो हात छ । परेको वेला पैसा पनि दिएँ । स्क्रिप्टमा, निर्देशनमा सहयोग गरें । उहाँले स्टुडियोमा रेकर्ड गर्नुहुन्थ्यो, म यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ भनेर बाहिरबाटै गाइड गर्थें ।

उहाँको प्रतिभालाई माझ्ने काम गरें । अनि विस्तारै उहाँलाई दर्शकले चिन्न थाल्नुभयो । मैले उहाँलाई चिन्दा उहाँसँग नाम, दाम केही थिएन । त्यसैले उहाँलाई जेरीको रुपमा परिचित बनाउन मेरो पनि ठूलो हात छ ।

उहाँ एग्रेसिभ टाइपको हुनुहुन्छ । सबै कुरा मिलिरहेको थियो । बिहेको सात महिनामा हाम्रो बच्चा भयो । त्यति वेलासम्म मान्छेले धेरै चिन्न थालेपछि उहाँमा एक किसिमको घमण्ड आयो । उहाँले मलाई सबैले चिने, मैले जे भने पनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने टाइपको व्यवहार देखाउन थाल्नुभयो ।

पैसा कमाउन थालिसकेपछि झूट बोल्ने, प्रस्ट व्यवहार नगर्ने गर्न थाल्नुभयो । यसले सम्बन्धमा तिक्तता आउन थाल्यो । मेरो कुरा सुन्न छोड्ने, आफ्नो कुरामात्रै लाद्न खोज्ने जस्तो भएपछि मलाई चित्त दुःख्यो ।

उनले बुहारीको रुपमा घरमा केही गरेको छैन । उहाँले घरपरिवारको वास्ता पनि गर्नुहुन्न । बुवाकै कमाइले मेरो घर चलेको छ । बाहिरबाट हेर्दा यत्रो व्यवसाय गरेका छन्, पैसा त टन्न कमाएका होलान् भन्ने लाग्छ । तर, अहिलेसम्म घरमा एक बोरा चामल किन्नुभएको छैन उहाँले ।

पहिले भेट्दा पनि लोनमा छु भन्नुहुन्थ्यो । अहिले पनि लोनमै छु भन्नुहुन्छ । उहाँ आफ्नो पैसा के गर्नुहुन्छ, कसलाई दिनुहुन्छ मलाई केही थाहा हुँदैन । एकपटक सोधेको थिएँ, महाभूकम्प आयो घरमा । त्यसपछि सोध्न छाडें । कार्यक्रममा हिँड्दा चाहिँ आधा-आधा व्यहोर्ने गरिएको छ । केही पैसा मेरै गयो होला बढी । उहाँको पैसामा कहिले पनि राज गरिनँ ।

छोरी जन्मेपछि परिपक्वता आउँछ कि भन्ने थियो । तर, त्यो निराशामा बदलियो । हिजो केही नहुँदा मरिहत्ते गर्नुभो । पछिपछि लाग्नुभयो । झुण्डेर मर्दिन्छु पनि भन्नुभयो । पछि नाम, दाम भएपछि उहाँ मात्तिनुभयो जस्तो लाग्छ । घरमा भन्दा धेरै माइतीमै बस्न थाल्नुभयो । डेढ वर्ष भइसक्यो उहाँ माइतीमा बसेको ।

दुई दिन मसित बसेपछि तेस्रो दिन फेरि माइतीमा गइहाल्नुहुन्छ । म घर पनि सम्हाल्नुस् भन्छु । तर, बच्चा बोक्ने अनि सामान पोको पारेर माइत टाप कस्ने । यसले मलाई तनाव भयो । उहाँलाई मैले स्वतन्त्र तरिकाले बाँच्न दिइनँ रे ! स्वतन्त्रता पुगेन रे अझै ! जबकि मैले जे गर्छु भने पनि कहिल्यै रोकेको छैन । अब कस्तो खालको स्वतन्त्रता चाहियो ?

मैले उहाँलाई विश्वास गर्नु मेरो कमजोरी भयो होला । नत्र आफ्नो श्रीमतीलाई कसले धोका दिने सोच्छ ? उहाँलाई धोका हुने केही काम पनि गरेको छैन मैले । उहाँको व्यवहारबाट मलाई चाहिँ धोका भयो । उहाँको व्यवहार पारदर्शी भएन । घरभन्दा बाहिर बढी बस्न रुचाउनुभयो । माइत भनेर बसेपछि कहाँ जानुहुन्छ, के गर्नुहुन्छ मलाई थाहा हुँदैन ।

यसले गर्दा एक-अर्कामा शंका उत्पन्न भयो होला । धेरैचोटि माइतबाट सम्झाएर ल्याएँ । विवाहित महिला सधैं माइत बस्छ, घरमा श्रीमानको कुरा सुन्दैन भने यसरी जिन्दगी जाँदैन । हाम्रो बीचमा बच्चा पनि छ । सधैं माइत नै बस्नुपर्छ भने हामी छुट्टियौं भनेर मैले आफैंले मुद्दा दायर गरेको हुँ ।

मेरो चाहना अहिले पनि डिभोर्स होइन । उसलाई छोडौं भन्ने होइन । उहाँले यदि आफ्ना नराम्रा कुराहरु सुधार्छु भने म अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार छु ।

तर, उहाँले त्यो गर्नुहुन्न । उहाँ कस्तो जञ्जालमा फस्नुभएको छ मलाई थाहा छ । मिल्न चाहन्छु भनेर बनावटी रुपमा मिडियामा बोल्नुभयो, त्यसमा मलाई खासै विश्वास लाग्दैन । मैले देखाएको कारणभन्दा धेरै आन्तरिक कारण छन् । डिभोर्समा साइन भएको दिनमात्रै ती कुराहरु खोल्नेछु । प्रुफसहितका कारणहरु बताउनेछु ।

जहाँसम्म सम्पत्तिको कुरा छ, मैले सम्पत्ति के नै कमाएको छु र ? कमाएको पैसा गीत-संगीतमै लगानी गरियो । एक वर्ष कोरोनाले थला पार्‍यो । कम्पनी घाटामा नै छ ।

यस्तो महंगो शहरमा खानु-बस्नु परेको छ । अलिअलि घरमा बुवाले कमाउनुभएको छ, त्यही हो । मसित सम्पत्ति केही छैन भनेर बुझेर नै उहाँले केही चाहिँदैन भन्नुभएको हो । घरको अंश नै लैजाने हो भने पनि दाबी गरे हुन्छ ।

डिभोर्स भएमा बच्चा उहाँसँग रहने समझदारी छ । तर, यसको अर्थ बच्चाको जिम्मेमारी मैले बहन नगर्ने होइन । बच्चाको शिक्षादीक्षा, लालनपालन र अंशको अधिकार बाबुसँगै रहनेछ ।

त्यो मैले प्रत्याभूति गरेको छु । मेरै करले भएको बच्चा हो । उहाँलाई त चाहना पनि थिएन । मैले आग्रह गरेपछि तयार हुनुभएको हो । बच्चा पनि मजस्तै छ, त्यसैले धेरै माया लाग्छ ।

हामी मिल्न सक्ने चान्सेस अझै छ । उहाँले आफ्नो गल्ती मनन गर्नुहुन्छ, स्पष्ट व्यवहार गर्नुहुन्छ भने जति वेला पनि ‘वेलकम’ गर्न रेडी छु । तर, उहाँले मिडियामा बिहे गरेर विदेश जान्छु भन्नुभएको रहेछ । पहिले पनि मसित सम्बन्धमा रहँदा कसैसँग पेपर म्यारिज गरेर जापान जान लाग्नुभएको । मैले नै सम्झाएर रोकेको हुँ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं ।

पूूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रमा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुमा सिट छाडेर माओवादी संगठनमाथि नै घा’त गरेको गुनासो माओवादी कार्यकर्ताहरुको रहेको छ ।

माओवादीको प्रभाविलो क्षेत्र सोलु पनि प्रचण्डले कांग्रेसलाई दिएका छन् । सोलुमा डा. शेखर कोइराला गुटका बल बहादुर केसीका लागि सिट छोड्न बाध्य भएको भन्ने नाटक प्रचण्डले गरे पनि मोरंगमा आफ्ना ज्वाइँको सुरक्षाका लागि सोलु त्यागेको माओवादी कार्यकर्ताहरु बताउछन् ।

कांग्रेस नेता शेखर कोइराला उम्मेदवार भएको मोरङ ६ मा प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य प्रदेश सभामा उम्मेदवार रहेका छन् । गठबन्धनको तर्फबाट प्रदेश सभामा क्षेत्र नम्बर ६ को ‘क’ मा माओवादीका अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्य र क्षेत्र नम्बर ६ को ‘ख’ मा कांग्रेस नेता केदार कार्कीले मनोनयन दर्ता गरेका छन् ।

शेखरको मान्छे सोलुमा सेट गर्दा आफ्नो ज्वाई आचार्यलाई प्रदेश सभामा छिर्न सजिलो र सहयोगी हुने ठानेर शेखर समूहलाई साथ दिएको माओवादी नेताहरुले बताउने गरेका छन् । प्रचण्डका ज्वाइँ आचार्य अघिल्लो पटक पनि उम्मेदवार भएका थिए ।

एमाले घोषणापत्रमा फेरि पानीजहाज र पूर्व-पश्चिम विद्युतीय रेल !
काठमाडौँ — नेकपा (एमाले) ले नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको छ । त्यस्तै, एमालेले पूर्व-पश्चिम राजमार्गसँग समानान्तर हुनेगरी विद्युतीय रेलमार्ग पनि सञ्चालन गर्ने बताएको छ ।

काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै केपी शर्मा ओलीले नेपालको विकासका लागि त्यसको आवश्यकता रहेको पनि बताएका छन् । ‘छिमेकी मित्र राष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याइनेछ । नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ,’ एमालेको यसपटकको घोषणापत्रमा उल्लेख छ, ‘निर्माणाधीन पूर्व-पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास-निजगढ खण्डको निर्माणकार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ, निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइनेछ, बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिने छ ।

रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया सरु गरिनेछ । सबै महानगरहरूमा काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पड-वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनको लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिने छ ।’

२०७४ को प्रतिनिधिसभा निर्वाचनका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री घोषणा गरेर पार्टी एकताको वाचासहित एमाले र माओवादीले घोषणापत्र ल्याएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा ‘पूर्व-पश्चिमसँगै मध्यपहाडी पुष्पलाल राजमार्गहरूमा समानान्तर तीव्र गतिका विद्युतीय रेलमार्ग सञ्चालन गरिने’ भनिएको थियो । त्यो घोषणापत्रमा काठमाडौं उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिका रेल सञ्चालन गरिने र अन्य सहरहरूमा मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने भनिएको थियो ।

पानीजहाज सञ्चालन गर्नेबारे पनि २०७४ को घोषणापत्रमा उल्लेख थियो । त्यो घोषणापत्रमा भनिएको थियो, ‘भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने छ ।’२०७४ सालमा एमाले र माओवादी केन्द्र गठबन्धनले झन्डै दुईतिहाइ सिट जितेको थियो भने ओली साढे ३ वर्ष प्रधानमन्त्री बनेका थिए ।

श्रमिकको न्यूनतम ज्याला २५ हजार पुर्‍याइने
काठमाडौँ — नेकपा (एमाले)ले श्रमिकहरूको न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने भन्दै श्रमिकलाई न्यूनतम ज्याला पुर्‍याउने उल्लेख गरिएको छ ।

‘औपचारिक क्षेत्रका सवै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्‚’ घोषणापत्रमा लेखिएको छ‚ ‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिनेछ । श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याइनेछ ।’त्यस्तै एमालेले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

‘नेपालीका लागि मात्रै नेपाली नागरिकता’ भन्ने नारा अगाडि सार्दै घोषणापत्रमा लेखिएको छ‚ ‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन् । सरकार गठन भएको एक महिनाभित्र वंशजको आधारमा नागरिकता दिने र छ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिनेछ । एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण हुनेछ ।’

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल : सुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणापत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ ।