काठमाडौं ।
विश्वकप फुटबलमा मंगलबार साँझ रोचक दृश्य देखियो ।
विश्वकप फुटबलकै उपाधि दाबेदार अर्जेन्टिनालाई साउदी अरेबियाले पराजित गरेपछि अहिले धेरै चकित परेका छन् । रोचक कुरा त के भने अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियामा आज सार्वजनिक विदाको घोषणा गरिएको छ ।
अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियाका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले बुधबार सार्वजनिक विदाको घोषणा गरेका हुन् । समूह सी अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २(१ ले स्तब्ध पारेको थियो ।
कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्दै सुरुवाती दश मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाए पनि दोस्रो हाफमा साउदीले शानदार पुनरागमन गरेको थियो । ऐतिहासिक जितपछि साउदीमा बुधबार सबैखाले कामदारलाई छुट्टी दिइने छ । यस्तै सार्वजनिक र निजी स्कुल बन्द हुनेछन् । त्यस्तै कतारमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। एजुकेसन सिटी स्टेडियममा भएको खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् ।
२२औं संस्करणको विश्वकपमा गोलरहित बराबरीमा टुङ्गिएको यो पहिलो खेल बनेको छ । आजै भएको खेलमा शक्तिशाली मानिएको अर्जेन्टिना साउदी अरब संग दुई एक गोल अन्तरले पराजित हुन पुगेको थियो ।