हिम्मत बटुलेर जिम जान थालिन् समिक्षा, ‘डे वान’ भन्दै सेयर गरिन् जिम घर भित्रको तस्विर

Spread the love

काठमाडौँ । बहुचर्चित गायिका समिक्षा अधिकारीले पछिल्लो समय आफ्नो जीवनमा ठूलो उतारचढाव भोगिन् । उतारचढावकाबिचमा पनि उनी बेला बेलामा सामाजिक संजालमा सक्रिय बनिन् त आँफैले पोस्ट गरेका स्टाटस र तस्विरहरु क्षणभरमा नै हटाइन् र मिडियाका समाचारहरु पनि डिलिट गर्न लगाइन् ।

गत हप्ता मात्रै ओएस नेपालले छापेको उनको मध्यरातमा लेखिएको स्टाटस अब त अति भयो, बाँच्न मन छैन भन्दै लेखेको स्टाटस अनुसार छापिएको समाचार उनले सहयोगी मार्फत हटाउन आग्रह गरिन् ।


समिक्षाले सामाजिक संजालमा सक्रिया देखाउन खोजेकी छिन् । तर लेख्दै मेटाउँदै गर्दै जाँदा उनी हिम्मत बटुलेर अघि बढ्न खोजीरहेका बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् ।

कमलाले पनि आँफुले अन्जानमा गरेको गल्ती भन्दै माफी त मागिन् । समाजिक संजालमा कमलाको चर्को आलोचना भयो । यही बिचमा गायिका समिक्षा फेरी जिम जान थालेकी छिन् । उनले आफ्नो डे वान भन्दै लेटेस्ट तस्विर सेयर गरेकी ।

जिम घर भित्रको तस्विर सेयर गरेसँगै समिक्षाले फेरी दर्शक श्रोताको माया भने पाएकी छिन् । सार्वजनिक तस्विरमा केही नराम्रा कमेन्टहरु भए पनि राम्रा र उनको प्रगतीको कामना गरिएका कमेन्टहरु धेरै छन् । जसबाट समिक्षाले फेरी एक पटक हिम्मत बटुलेर अघि बढ्न आवश्यक रहेको धेरैले सुझाव दिएका छन् ।